नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कम्पनी विश्लेषण

May 22, 2021 08:28 PM Merolagani

हालसम्मकै ठूलो आईपीओ निष्काशन गरी दोस्रो बजारमा सूचीकृत भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को शेयरमा लगानीकर्ताहरुको अधिक आकर्षण रहेको छ।

यस बैंकको शेयरमूल्य यस साता ६ रुपैयाँ बढेर ५३७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस अनुसार आगामी साता यस बैंकको शेयरमूल्य बढेमा ६०० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, बैंकको शेयरमूल्य ओरालो लागेमा भने ५०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

बैंकको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले बैंकको शेयरमूल्यमा बाइङ्ग मोमेन्टम कमजोर रहेको छ।

साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। सो दिन बैंकको शेयरमूल्य ५६० रुपैयाँसम्म कारोबार भएको थियो। यद्यपि अन्तिम समयमा भने मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ घटेर ५३७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यसले सो दिन अन्तिम समयमा बिक्रीचाप बढेको संकेत गर्दछ।

गत साता बैंकको शेयरमूल्यसँगै भोल्यूम पनि बढेको छ। यस साता बैंकको दैनिक औषतमा ३ लाख ७७ हजार ३११ कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै बैंकको २० दिने औषत भोल्यूम ३ लाख ३२ हजार ६११ कित्ता पुगेको छ। बैंकको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १३.१४ प्रतिशत बढी हो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५८ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२४ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानीसँगै फि कमिशन आम्दानी बढेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको खुद फि तथा कमिशन आम्दानी १९ लाख ७६ हजार रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा समीक्षा अवधिमा ०.६१ प्रतिशत बढेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४६ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी ६६.६७ प्रतिशत बढेको छ भने जगेडा कोष ४५.९२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप २३.७९ प्रतिशत बढेको छ भने कर्जा २७६.६३ प्रतिशत बढेको छ।

खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। चैत मसान्तसम्ममा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ४५ पैसा घटेर ५ रुपैयाँ २ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११६.६ गुणा र प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ७७ पैसा रहेको छ।

साताको अन्तिम कारोबार दिन बैंकको १४ दिने आरएसआई न्यूट्रल जोन अर्थात ४५.५७ स्केलमा रहेको छ। यसले बजारमा बैंकको शेयर खरिदबिक्री सन्तुलनमा रहेको संकेत गर्दछ।

हाल नेप्सेमा बैंकको २० करोड कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्य अनुसार बैंकको कुल बजार पूँजीकरण १ खर्ब ७ अर्ब ४० करोड रुपैयाँ रहेको छ। बैंकको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ६६० रुपैयाँ रहेको छ भने न्यून मूल्य ३७४ रुपैयाँ रहेको छ। त्यस्तै, बैंकको पछिल्लो १८० दिने औषत मूल्य ५४८ रुपैयाँ १७ पैसा रहेको छ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।