धनी व्यक्तिहरूको सोच प्रष्ट्याउने पुस्तक ‘हाउ रिच पिपल थिंक’ को सारंश

May 26, 2021 06:27 PM Merolagani



हरेक हप्ता अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश लिएर आउने क्रममा विगत केही सातादेखि हामीले स्टिभ साइबोल्डद्वारा लिखित पुस्तक ‘हाउ रिच पिपल थिंक’ को सारंश प्रस्तुत गर्दै आएका छौँ। आज सोही पुस्तकको सारंशको चौथो भाग लिएर उपस्थित भएका छौँ।

धनीहरु आफुलाई टिम लिडरको रुपमा देख्दछन्, चाहे उनीहरुको टिममा कर्मचारी, पार्टनर अथवा बाह्य ठेकेदार हुन्। उनीहरु आफ्नो समूह निर्माण गर्दछन् र उनीहरुको हरेक चाललाई राम्रो रणनीति सहित नजिकबाट नियाल्छन्।

समूहहरु नतिजामुखीभन्दा पनि इगो केन्द्रित हुन्छन्। महान व्यक्तिहरु जित्न चाहन्छन् र नाफाको बदलामा उनीहरुको टिम मित्रको अहंकार व्यक्त गर्न बढी इच्छुक छन्।

‘टिम वर्क यति महत्वपूर्ण छ कि तपाईको क्षमताको उचाइमा पुग्न वा यो तपाईको लागि अत्यन्तै राम्रो नबनाइकन नै पैसा कमाउने कार्य गर्न असम्भव छ।’ ब्रायन ट्रेसी

‘पैसा, हामीलाई भविष्यमा जे चाहिन्छ त्यो पाइन्छ भन्ने एक ग्यारेन्टी हो। हामीलाई अहिले केही नचाहिए पनि यसले भविष्यमा पलाउने इच्छालाई पुरा गर्न सक्छ भन्ने सम्भावनालाई सुनिश्चित गर्दछ।’ एरिष्टोटल

मध्यम वर्ग सोच्छन् कि धनीहरुको बाटो औपचारिक शिक्षाले बिच्छाइएको हुन्छ, विश्व वर्ग सोच्छन् धनीहरुको बाटो निश्चित ज्ञानले बिच्छाइएको हुन्छ।

जब धनी व्यक्तिहरु औपचारिक शिक्षाको शक्तिलाई आदर गर्छन्, उनीहरु त्यसलाई प्रायः वित्तीय शासन निर्माण गर्नेसँग जोड्दैनन्। धेरै विश्व वर्गसँग निकै कम औपचारिक शिक्षा हुन्छ, र उनीहरुले विशिष्ट ज्ञानको अधिग्रहण र बिक्रीको माध्यमबाट आफ्नो सम्पत्ति आर्जित गरेका हुन्।

औपचारिक शिक्षाले मानिसहरुलाई कसरी सोच्ने र वाणिज्यको संसारमा कसरी प्रदर्शन गर्ने भन्ने कुरा सिकाउँछ, तर धनीहरु पैसासँग समयको कारोबार गर्दै विरलै सम्पन्न हुन्छन्। महान व्यक्तिहरु एक गैर रेखिक मानसिकताले कार्य गर्छन् जसले उनीहरुलाई सँधै रचनात्मक विचारहरुको चेतनामा राख्दछ।

‘औपचारिक शिक्षाले तपाईको जीवन बनाउँछ। स्वशिक्षाले तपाईको भाग्य बनाउँछ।’ जीम रोन

जीवनभर विद्यार्थी बन्ने निर्णय गर्नुहोस् र आफ्नो स्वशिक्षाको नियन्त्रण आफैले लिनुहोस्। पढ्नुहोस्, सिडि/एमपीथ्रीहरु सुन्नुहोस्, र आफ्नो भाग्य निर्माणमा सहयोग गर्ने विषयका गोष्ठीहरुमा सहभागि बन्नुहोस्।

मध्यमवर्ग सोच्छन् कि पैसा परिश्रमले कमाइन्छ, विश्वस्तर मान्छन् कि पैसा सोचले कमाइन्छ।

एक औषत व्यक्ति सोच्छ कि जति धेरै मेहेनतले काम गरिन्छ, त्यति धेरै पैसा कमाइन्छ। उनीहरुको सीधा सोचले परिश्रम र मेहेनतलाई वित्तीय सफलतासँग जोड्दछ। त्यसैले धरै मानिसहरु धनी हुँदैनन्।

धनीहरुलाई थाहा छ कि सिर्जनात्मक सोचलाई विश्वमा सबैभन्दा बढी पारिश्रमिक पाइन्छ। कुनै एक व्यक्तिले प्राप्त गर्न सक्ने सबैभन्दा अमूल्य सम्पत्ती भनेको स्वतन्त्र, सिर्जनात्मक सोचाइ हो।

‘यो नयाँ युगमा सम्पत्तीको वास्तविक श्रोत भौतिक वस्तुहरु होइनन्। त्यो दिमाग, मानव आत्मा, मानव कल्पना र भविष्य प्रति हाम्रो विश्वास हो।’ स्टीभ फर्ब्स

आफ्नो उद्देश्य नजिक पुग्न सहयोग गर्ने विषयहरु अध्ययन गर्न कम्तीमा पनि दैनिक एक घण्टा बिताउने प्रण गर्नुहोस्।

मध्यमवर्गहरु पैसा सकिन्छ भनेर चिन्तित हुन्छन्, विश्वस्तर कसरी धेरै पैसा कमाउने भन्ने सोच्छन्।

गरिबहरु धनीहरुभन्दा धेरै पैसाको बारेमा सोचेर समय व्यतित गर्छन्। समस्या यो छ कि गरिबहरु आफु विरामी भयो वा रोजगारी गुम्यो भने के गर्ने भन्ने सोचेर चिन्तित हुन्छन्।

विश्वस्तरका मानिसहरु त्यस्ता समस्याहरु पत्ता लगाउँछन् जुन हल गर्न नाफामुलक हुन्छन् र आफ्नो अधिकांश समय त्यसलाई हल गर्न केन्द्रित हुन्छन्।

सिर्जनात्मक समस्या हल गर्न भन्दा पैसाको बारेमा चिन्तित बनेर कति बढी समय बिताउनु हुन्छ?

आफ्नो व्यवसायमा सबैभन्दा ठूलो समस्या पत्ता लगाउनुस् र त्यसलाई हल गर्नुभयो भने तपाई भाग्य कमाउनुहुन्छ। त्यसैले हल गर्नुस्।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।