जनताको खर्बौँ पैसाको जिम्मा लिने र ऋणीलाई सस्तो कर्जा प्रवाह गर्नुपर्ने बैंक, शेयर बजारको प्लेयर?

May 27, 2021 07:14 AM Merolagani

तिलक कोइराला 

बैंक तथा वित्तीय संस्थाले शेयर बजारमा अल्पकालीन लगानी गर्न र लघुवित्तको साधारण शेयर खरिद गर्न नपाउने भनी केन्द्रिय बैंकले हालैै जारी गरेको निर्देशनले शेयर बजारका लगानीकर्ताहरुमा हलचल पैदा गरेको छ।

बैंकले लगानी गर्न नपाएपछि अब शेयर बजार घट्छ भन्दैै एक समूहका लगानीकर्ताहरु रुवाबासी नै गर्छन कि जस्तो देखिन्छ। यही मौकामा केही खेलाडीहरुले सर्वसाधारण लगानीकर्ताको मनोबल खस्काउने सकेसम्मको प्रयास नगर्लान् भन्न सकिन्न। लगानीकर्तामा रहेको उल्टो बुझाईको कारणले बजार तरंगित हुनसक्छ र केही कम्पनीको मूल्य घट्न पनि सक्ला तर, यसलाई दुर्भाग्यपूर्ण भन्नुपर्छ।

राष्ट्र बैंकको नयाँ निर्देशनले शेयर बजारका सर्वसाधारण लगानीकर्ता आत्तिनुुपर्ने रत्तिभर कारण छैन, बरु झन् आश्वस्त हुनुपर्छ र बलियो आत्मविश्वासका साथ सुरक्षित लगानीमा ध्यान दिनसक्नुपर्छ। राष्ट्र बैंकले चालेको कदम सर्वसाधारण लगानीकर्ता र पूँजी बजारको हित र स्थायित्वकै लागि हो भनेर बुझ्दै त्यसलाई हार्दिकतापूर्वक स्वागत गर्नुपर्छ।

सर्वसाधारण जनताबाट खर्बौँको निक्षेप संकलन गरेका तर, उद्यमी तथा व्यवसायीहरुलाई सस्तो ब्याज दरमा सुलभ र सहज ढंगले कर्जा प्रवाह गर्नुपर्ने दायित्वबाट च्युत हुँदै गएका केही बैंक तथा वित्तीय संस्थाहरुलाई लगाम कस्न ढिला भईसकेको थियो। उनीहरु यो दायित्व निर्वाह गर्नबाट पछि हटेर उद्यमी तथा ब्यवसायीहरुलाई सस्तो ब्याजमा कर्जा प्रवाह नगर्ने, बरु आफै शेयर बजारमा कारोबार गरेर नाफा गरी चोरबाटोबाट कमाउने गलत अभ्यास गरिरहेका थिए, त्यस्ता बैंक तथा वित्तीय संस्थाहरुका लागि राष्ट्र बैंकको नयाँ निर्देशन काउसो समान भए पनि शेयर बजारको स्थायित्वका लागि भने वरदान समान छ।

बैंक तथा वित्तीय संस्थाहरुले अहिले कोरोना संक्रमणको कारणले कर्जा प्रवाह गर्न र प्रवाह गरिएको कर्जा असुल गर्न नसकेपछि शेयर बजारमा खन्याएर रातारात कमाउने जुन जुक्ति निकालेकका थिए, त्यसलाई धक्का पुगेको छ तर शेयर बजारका लागि धेरै राम्रो पक्कै हो।

केही बैंक तथा वित्तीय संस्थाहरु निक्षेपकर्ता र ऋणीहरुसँग राम्रो व्यवहार नगर्ने, संस्थागत सुशासन सुधारमा ध्यान नदिने तर शेयर बजारमा सर्बसाधारणको लगानी खन्याएर शेयर कारोबार गरी राम्रो प्रतिशेयर आम्दानी र लाभांशको खेलमा लागेका थिए। धेरै नाफा र गरेको र प्रतिशेयर आम्दानी आकर्षक देखाए पनि उनीहरुको निष्क्रिय कर्जा अनुपात बढ्दै गएको थियो र कतिपयले आफ्लाई राम्रो देखाउन खराब कर्जालाई लुकाएका पनि थिए।

राष्ट्र बैंकले शेयर बजारमा अल्पकालीन लगानी गर्न कडाई गर्दैछ भन्ने कुरा पहिले नै थाहा पाएका केही बैंक तथा वित्तीय संस्थाहरुले पछिल्ला दिनहरुमा ठूलो परिमाणमा शेयर बिक्री गरिसकेका छन, जसको कारणले दैनिक कारोबार रकम १० अर्ब माथि हुन गयो। बैंक तथा वित्तीय संस्थाहरुको अल्पकालीन लगानीलाई अहिले रोक्न नसकिएको भए दैनिक कारोबार रकम २० अर्बभन्दा माथि पनि हुनसक्थ्यो तर त्यसले शेयर बजारलाई भने ठूलो जोखिममा पार्ने निश्चित थियो।

बैंक तथा वित्तीय संस्थाहरु करोडौँ रुपैैयाँको शेयर किन्थे र केही दिनपछि भाउ बढाएर त्यो शेयर बेची नाफा देखाउने खेलमा संलग्न थिए। शेयर बजारमा ठूलो उतारचढाव सिर्जना गर्र्न बैंक तथा वित्तीय संस्थाहरुको लगानीको भुमिका महत्वपूर्ण थियो। त्यसले शेयर बजारमा लगानी गर्ने सर्वसाधारण लगानीकर्ताहरुमा जोखिम बढाउँदै लगेको थियो र कुनै दिन अकल्पनीय दुर्घटना हुन पनि सक्थ्यो। यसले बैंकबाट प्रवाह गरिएको शेयर धितो कर्जालाई समेत जोखिममा पार्न सक्थ्यो। यही बुझेर राष्ट्र बैंकले सही कदम चालेको छ।

यसबीचमा अर्को के पनि आशंका जनाईएको छ भने बैंक तथा वित्तीय संस्थाहरुले गरेको अल्पकालीन र दीर्घकालीन लगानी बापतको शेयर ठूलो संख्यामा एकैचोटी बिक्रीमा ल्याईदिए भने बजार अरु खस्कन्छ। यो बेकारको आशंका हो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई तत्काल शेयर बिक्री गर्न निर्देश गरेको पनि छैन र उनीहरुले त्यसरी बिक्री गर्न पनि पाउँदैनन्। निर्देशनमा स्पष्ट व्यवस्था गरिएको छ। बैंकहरुको दीर्घकालीन लगानीले शेयर बजारलाई झन् धेरै बलियो बनाउँछ।

लघुवित्तका साधारण शेयरमा बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्न नपाउने भन्ने नीति झन् स्वागतयोग्य कुरा हो। कयौँ लघुवित्तहरु उनीहरुले नै प्रवद्र्धन गरेका छन् र आफैले साधारण शेयर किनेर मूल्य उचाल्दै जानु झन् घातक हुँदै गएको थियो। सर्वसाधारणको खर्बौँ रकम निक्षेप जिम्मा लिएर बसेका बैंकहरुले लघुवित्तको शेयर कारोबार गर्दा मूल्य बबलिंग हुने खतरा झन् धेरै थियो। अब बैंकहरुले विपन्न वर्ग कर्जामा गणना हुने गरी मात्र लघुवित्तको संस्थापक शेयरमा लगानी गर्न पाउने भएका छन्, जुन पहिलेदेखि नै थियो।

बैंक तथा वित्तीय संस्थाहरु निक्षेप तथा कर्जाको कारोबारलाई प्राथमिकता दिन छाडेर जब शेयर बजारको खेलाडी बन्न तम्सिएका थिए, त्यसमा ब्रेक लागेको छ तर उनीहरुको दीर्घकालीन लगानीलाई बन्देज लगाईएको छैन, झन् प्रोत्साहित गरिएको छ। उनीहरुले आफ्नो स्वामित्व रहेका मर्चेन्ट बैंकर र क्यापिटलहरुमार्फत शेयर बजारमा लगानी बढाउँनसक्छन्। आफ्नो स्वामित्व रहेको बीमा कम्पनीमार्फत टेक्निकल रिजर्भको १० प्रतिशत रकम शेयर बजारमा परिचालित गर्नसक्छन्।

हामी लगानीकर्ताहरुले वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्सको माग उठाउँदै गर्दा तिनै बैंकहरुलाई दोस्रो बजारमा अल्पकालीन लगानी गरी खेल्ने छुट दिनुपर्छ भन्नु एकदम विरोधाभाषपूर्ण कुरा हो। यसले ईन्साईडर ट्रेडिङको खतरा हुनसक्थ्यो। त्यो ढोका अब बन्द भएको छ।

राष्ट्र बैंक नेपालको पूँजी बजारको विकासको हिस्सेदार होे र उसले पहिलेदेखि नै सकारात्मक भुमिका खेल्दै पनि आएको छ। पूँजीबजार सुधारका लागि ५८ बुँदै सुझावमध्ये आफ्नो भागमा परेका प्रायः सबै काम सबैभन्दा पहिले सम्पन्न गरी उदाहरण पेश गरिसकेको छ। पछिल्लो कदम त्यही सुधारको कडी हो।

राष्ट्र बैंकले अहिले ल्याएको निर्देशन धेरै पहिले नै जारी गर्नुपर्दथ्यो तर ढिलै भए पनि आएको छ र अब प्रभावकारी कार्यान्वयन हुनुपर्छ। हामी लगानीकर्ताहरुले अहिले रुवाबासी गर्ने हैन, राष्ट्र बैंकको निर्देशनको हार्दिक स्वागत गर्दै लगानी विविधिकरण र व्यवस्थापनमा केन्द्रित हुन परेको छ।

(लेखक पूँजी बजार विकास अभियानका संयोजक हुन्, यो उनको निजी विचार हो।)

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।