सातामा एक प्रतिशत बढ्यो बजार, कुन उपसमूहको परिसूचक कति बढ्यो?

May 29, 2021 07:55 AM Merolagani



यस साता नेप्से परिसूचक १ प्रतिशत बढेको छ। बजार खुलेका ४ कारोबार दिनमध्ये २ कारोबार दिन बढेर नेप्सेले यस साता सो अंक बढेको छ।

गत साता २७८७.१८ विन्दुमा बन्द भएको नेप्से, यस साता २८.२१ अंक बढेर २८१५.३९ विन्दुमा पुगेको हो। यस साता सेन्सेटिभ इण्डेक्स ४.७३ अंक बढेर ५०३.७० विन्दुमा पुगेको छ। त्यसैगरी, यस साता फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३१ अंक बढेको छ।

यस साता बजारमा कुल ५ लाख २२ हजार २६३ पटकको कारोबारमा ५० अर्ब ७७ करोड रुपैयाँ बराबरको ११ करोड ७५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। यस साताको कारोबार रकम गत साताको तुलनामा १ अर्ब ८३ करोड रुपैयाँ कम हो। गत साता ५ दिन खुलेको बजार यस साता ४ दिनमात्र खुलेका कारण कारोबार रकम केही कम भएको हो। यद्यपि, औषत कारोबार रकम भने गत साताभन्दा बढी नै रहेको छ।

यस साता नेप्सेसँगै बजार पूँजीकरण पनि १ प्रतिशत बढेको छ। गत साता ३८ खर्ब ६७ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यस साता ३९ अर्ब बढेर ३९ खर्ब ६ अर्ब पुगेको छ।

यस साता १३ उपसमूहमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ८.८७ प्रतिशत बढेको छ। गत साता २७७०.७८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता २४५.६९ अंक बढेर ३०१६.४७ विन्दुमा पुगेको छ।

अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक बढेको छ। गत साता १४ हजार १८१.२३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक ५८०.३२ अंक बढेर १४ हजार ७६१.५५ विन्दुमा पुगेर बन्द भएको छ।

यस साता ५ उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये सबैभन्दा बढी लघुवित्त उपसमूहको परिसूचक घटेको छ। यस साता सो उपसमूहको परिसूचक सर्वाधिक ३.८१ प्रतिशत घटेको छ। गत साता ५६५०.५१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता २१५.४६ अंक घटेर ५४३५.०५ विन्दुमा झरेको छ।

यस साताको फ्लोटसिट विश्लेषण गर्दा मोस्ट पपुलर बाइ स्टकको सूचीमा साधना लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, सो सूचीमा समिट लघुवित्त, एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर, नेपाल टेलिकम लगायतका कम्पनीहरु परेका छन्।

त्यस्तै, यस साताको मोस्त पपुलर सेल स्टकको सूचीमा आरम्भ चौतारी लघुवित्त, कुमारी इक्विटी फण्ड, लक्ष्मी लघुवित्त लगायतका कम्पनीहरु परेका छन्।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।