बेजोसले झिनो आशामा एमेजन शुरु गरेका थिए।
जब एमेजन शुरु हुँदै थियो, तब अनलाइन बुकस्टोर के हो भन्ने कसैलाई थाहा थिएन। सन् १९९७ सम्ममा पनि, अधिकांश मानिसहरुको घरमा इन्टरनेटको पहुँच थिएन। थियो भने पनि त्यो डायल अप थियो। त्यस वर्ष बेजोस आफैले इन्टरनेटलाई वल्र्ड बाइड वेट भनेका थिए। त्यतिखेर क्लाउड कम्प्यूटिङ्ग जस्तो कुनै कुरा थिएन। सबैको रोजाइको ब्राउजर नेटस्केप थियो, र डिभिडिहरु बल्ल प्रयोगमा आएका थिए, किनभने लाइभ स्ट्रिमिङ्ग अझै २० वर्ष पछि थियो। बजेस भन्छन्,
‘कम्पनीको अवधारण १९९४ को वसन्तमा आएको थियो। त्यो बेलादेखि यही सोच्दै थिएँ कि वर्षेनी २३०० प्रतिशत वेब प्रयोग बढेको छ। मैले यो याद राख्नुपर्छ कि मानिसहरु एक्पोनेन्सियल ग्रोथ बुझ्नमा राम्रा छैनन्। यो हामीले दैनिक जीवनमा देख्ने जस्तो होइन। तर, कुनै पनि चिज यति चाँडो बढ्दैन।
र जब मैले यो देखेँ, मैले हस् भनेँ, त्यस्तो विजनेस प्लान के हुन सक्छ जुन त्यो वृद्धिसँग मेल खान सक्छ? मैले त्यस्ता २० उत्पादनहरुको सूची बनाए जसलाई अनलाइनबाट बिक्री गर्न सकियोस्। म पहिलो बेस्ट प्रडक्ट खोजीरहेको थिएँ।
र मैले धेरै कारणहरुले पुस्तक रोजेँ। तर एउटा प्राथमिक कारण, र त्यो हो अन्य वर्गहरुमा भन्दा बुकस्पेसमा धेरै आइटमहरु थियो। विश्वभरमा विभिन्न भाषाहरुमा ३० मिलियन फरक फरक पुस्तकहरु छन्। त्यस्तै वर्गको दोस्रो प्रडक्ट थियो संगित।
र जब तपाईसँग प्रडक्टहरुको ठूलो क्याटलग हुन्छ, तपाई अनलाइनमा त्यो बनाउन सक्नुहुन्छ जुन अन्य तरिकाबाट बनाउन सक्नुहन्न। सबैभन्दा ठूलो भौतिक पुस्तकपसल र सबैभन्दा ठूलो पसलले १ लाख ७५ हजार शीर्षक समेट्न सक्छ। त्यति ठूलो निकै कम छ।
बेजोस दुई कारणले न्यूयोर्कबाट सिएटल सरे
यो त्यही ठाउँ हो जहाँ माइक्रोसफ्टको प्रधान कार्यालय छ, त्यसैले त्यहाँ एक्सेप्सनल प्रोग्रामिङ्ग ट्यालेन्टको अवसर धेरै हुन्छ। त्यहाँ नजिकै दुई ठूला पुस्तक वितरण केन्द्र पनि थिएः इनग्राम र बेकर एण्ड टेलर
असफलता अंगाल्न बेजोरले सुरक्षा जाल सेट गरे
धेरै कम्पनीहरु सबै राम्रो हुँदा मात्र तैरिन्छन्। केही गलत भयो भने, क्यासफ्लोट सुस्ताउँछ, पैसा टाइट हुन्छ, र बलिदान दिनु पर्ने हुन्छ। केही व्यवसायहरु साना उतारचढावले नै पलायन हुन्छन्।
एमेजनले असफलताको लागि बजेट छुट्याए र आफ्ना श्रोतलाई ति सबै कुराहरुमा परिचालन गरे जसले उनीहरुलाई असफल बनाउन सक्थ्यो।
बेजोसले उल्टा नै भएपनि जानिजानि जोखिम उठाए
एमेजन मार्केटप्लेसः एमेजनको अतुलनिय प्लेटफर्ममा एक प्रतियोगीको उत्पादन हाल्ने विचार धेरैलाई अपमानजनक लागेको थियो।
एमेजन प्राइमः मूल्यमा भारी वृद्धि नगरी शिपिङ्ग निकै महँगो थियो। बेजोसले कम मूल्यमा फ्रि सिपिङ्गको अफर दिए।
किन्डलः मानिसहरु सोच्थे भौतिक पुस्तकजस्तो ई–बुकहरु बिक्री हुँदैनन्। बेजोसले विभिन्न सुविधासहित जोखिम लिए।
एडब्लुएसः एडब्लुएस खासगरी एमेजनको भित्रि अपरेटिङ्ग सिस्टमका लागि डिजाइन गरिएको थियो। बेजोसले अन्य टिथर डेभलपर्सहरुका लागि पनि सो प्लेटफर्म खुला गर्ने निर्णय गरे। त्यतिखेर कसैले साथ दिएनन् र अहिले एमेजनलाई यतिसम्म कसैले अपेक्षा गरेका थिएनन्।
एमेजनले भविष्यको प्रयासलाई सफल बनाउने अधिक सम्भावना बनाउनका लागि आफ्नो असफलताबाट सिक्दै र बनाउँदै गरेको थियो। एमेजन फायर फोनमा नराम्ररी असफल भए, तर उनीहरुले आफ्ना असफलताबाट पाठ सिके र एमेजन इको बनाउनका लागि आफ्नो धारणा बनाउन प्रयोग गरे।
गुगल र एप्पलसँग मेल खाने स्पिच रेकग्निसन सिस्टम बनाउनु गाह्रो काम थियो। तर एमेजनले हाल इको र एलेक्जासहित उत्कृष्ट भ्वाइस कन्ट्रोल सहि माथि आएको छ।