प्रधानमन्त्री ओलीद्वारा पुनः मन्त्रिपरिषद विस्तार, रक्षा मन्त्रालय भने आफैसंग राखे

Jun 10, 2021 03:27 PM Merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार प्रधानमन्त्रीले ओलीले नेकपा एमालेबाट एक राज्य मन्त्री सहित ६ जना र जसपाबाट १ गरी ७ मन्त्रीलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुमा खगराज अधिकारी गृहमन्त्री, राम बहादुर थापा बादल पत्नी नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेकी छन् ।

यस्तै नादरमुनी रानालाई वनमन्त्री, गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ज्वालाकुमारी साह कृषिमन्त्री, जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री र एमालेकी आशा विक वनराज्यमन्त्री बनेकी छन् ।

प्रधानमन्त्री ओलीले रक्षा  मन्त्रालय भने आफैसंग राखेका छन् । 

योसंगै मन्त्रीको संख्या २५ पुगेको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।