दोस्रो बजारमा अब रुपैयाँमा मात्रै होइन पैसामा पनि कारोबार गर्न पाइने, ‘टिक साइज’ एक रुपैयाँबाट १० पैसामा झर्दै

Jun 10, 2021 06:03 PM Merolagani

सुवास निरौला

दोस्रो बजारमा रुपैयाँमा मात्रै हुने कारोबार परिवर्तन हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दोस्रो बजारमा हुने कारोबारलाई परिवर्तन गर्ने भएको हो। यति बेला दोस्रो बजारमा टिक साइज एक रुपैयाँ रहेको छ। त्यसलाई परिवर्तन गर्दै १० पैसामा झार्न लागिएको हो।

“हामी टिक साइज परिवर्तन गर्दै छौ। एक रुपैयाँ रहँदै आएको टिक साइजलाई १० पैसामा झार्दै छौ”नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मेरो लगानीसँग भने।

साउदका अनुसार टिक साइज परिवर्तन गर्नु पर्छ भन्दै नेप्सेले बोर्ड समक्ष सिफारिस गरेको छ। नेप्सेले इक्युटिको कारोबारमा टिक साइज घटाउन अनुरोध गरेको छ। जसलाई बोर्डले स्वीकृत गरी पठाए लगत्तै दोस्रो बजारमा कार्यान्वयनमा लगिने छ।

यति बेला दोस्रो बजारमा टिक साइज एक रुपैयाँ छ। अन्तर्राष्ट्रिय बजारहरूका अनुसार उक्त मूल्य निक्कै बढी हो। जबकि छिमेकी राष्ट्र भानरत मै टिक साइज पाँच पैसा मात्रै छ। जति थोरै टिक साइज राख्यो त्यति धेरै कारोबार हुने मान्यता विश्व शेयर बजारमा हुन्छ। सोही कारण पनि विकसित बजारहरूले न्यूनतम टिक साइज राख्ने गरेका हुन्। न्युनतम् राखिएको टिक साइजले लगानीकर्तालाई शेयर किनबेचमा एकै पटक बढी रकम प्रविष्ट गर्नु पर्ने बाध्यता हुने छैन। न्यूनतम टिक साइज राख्दा कारोबार सङ्ख्या ह्वात्तै बढ्ने गर्छ भने लगानीकर्तालाई पनि सहुलियत हुने गर्छ। न्यूनतम टिक साइजको कारण दोस्रो बजारमा खरिद बिक्रि आदेश बढेर जाने छ। जसले शेयरको माग बढाउने छ। उता मूल्यको तीव्र प्रतिश्पर्धाले शेयरको फेयर प्राइस समेत प्राप्त हुने गर्छ। सोही कारण पनि टिक साइज घटाउन लागिएको साउदले बताए।    

के हो टिक साइज ?

यति बेला दोस्रो बजारमा अन्तिम कारोबार मूल्य (एलटिपि)को २ प्रतिशत तल माथि गरेर मूल्य प्रविष्ट गर्न पाइन्छ। जस्तै अन्तिम कारोबार मूल्य एक सय रुपैयाँ छ भने एक सय दुई रुपैयाँ माथिल्लो मूल्य प्रविष्ट गर्न मिल्छ भने तल्लो मूल्य ९८ रुपैयाँ प्रविष्ट गर्न पाइन्छ। यति बेला प्रविष्ट गर्न पाउने मूल्यमा एक रुपैयाँका दरले प्रविष्ट गर्न पाइन्छ। जस्तै माथिल्लो मूल्य एक सय दुई रुपैयाँ र तल्लो मूल्य ९८ रुपैयाँको बिचमा माथिल्लो मूल्य एक सय एक रुपैयाँ या दुई रुपैयाँ राख्न सकिन्छ भने तल्लो मूल्य ९८ रुपैयाँ या ९९ रुपैयाँ राख्न पाइन्छ।

बिचमा राख्न पाउने जुन रकम छ त्यसैलाई टिक साइज भनिन्छ। हाम्रोमा टिक साइज सिधै एक रुपैयाँ छ। बढेर शेयर किन्न चाहने हुन् या घटेर शेयर किन्न वा बिक्री गर्न चाहनेले एक रुपैयाँ नै घट/बढमा कारोबार गर्नु पर्छ।  यही एक रुपैयाँको टिक साइजलाई घटाएर १० पैसामा झार्न खोजिएको हो। अहिले चलिरहेको एक रुपैयाँबाट टिक साइज घटाएर १० पैसामा ल्याउने तयारी गरिएको हो। टिक साइज १० पैसामा घटेपछि अन्तिम कारोबार मूल्य एक सय रुपैयाँ छ भने नियमित कारोबारमा घटबढ गर्ने प्रतिशत चाहिँ त्यही दुई प्रतिशत नै हुन्छ। जस्तै अन्तिम कारोबार मूल्य एक सय रुपैयाँ रहेको छ भने नियमित कारोबारमा आउँदा उक्त शेयरको तल्लो मूल्य ९८ र माथिल्लो मूल्य एक सय दुई रुपैयाँ नै हुन्छ। तर त्यो बिचमा राख्न पाउने मूल्य एक रुपैयाँ राख्नु पर्ने अहिलेको प्रावधानलाई परिवर्तन गरेर १० पैसामा झर्ने छ। टिक साइज १० पैसामा आएपछि अर्को मूल्य एक सय रुपैयाँ १० पैसा सम्म राख्न सकिन्छ। त्यसै गरी  मूल्य घटाउँदा पनि १० पैसाकै अन्तरमै राख्न पाइने छ। समग्रमा शेयर कारोबारीले शेयर खरिद बिक्री आदेश दाखिला गर्दा दुई प्रतिशतको सीमा भित्र रहेर १० पैसाले भग जाने रकममा मूल्य प्रविष्ट गर्न पाउने छन्। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।