सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कम्पनी विश्लेषण

Jun 12, 2021 07:03 PM Merolagani



पछिल्लो समय लगानीकर्ताहरु जलविद्युत कम्पनीतर्फ आकर्षित भइरहेका छन्। सोही उपसमूहमध्येको एक कम्पनीको हो, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड (SPDL)।

यस साता कम्पनीको शेयरमूल्य ६२ रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४१४ रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयर, यस साता ४७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी दिन कम्पनीको शेयरमूल्य उकालो लागेमा ५२५ रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, कम्पनीको शेयरमूल्य ओरालो लागेमा ४०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

कम्पनीको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो बन्दै छ। यसले कम्पनीको शेयरमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ जसले खरिदचाप बढी रहेको संकेत गर्दछ।

शेयरमूल्य बढेपनि कम्पनीको भोल्यूम भने यस साता बढेको छ। यस साता कम्पनीको दैनिक औषतमा २ लाख ८ हजार ७१७ कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै कम्पनीको २० दिने औषत भोल्युम २ लाख ५२ हजार ४६० कित्ता रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्युम १७.३३ प्रतिशत कम हो।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड २६ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड २४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्री बापत १५ करोड ४ लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १६ करोड ८० लाख ४६ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

७३ करोड ३२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ६ करोड ३४ लाख ८१ हजार रुपैयाँ सञ्चित छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३९ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको मूल्य आम्दानी अनुपात ४१.७९ गुणा रहेको छ। कम्पनीको बुकभ्यालु १०८ रुपैयाँ ६६ पैसा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ४.३८ गुणा रहेको छ। कम्पनीको आरओई १०.४९ प्रतिशत रहेको छ।

यस साताको अन्तिम कारोबार दिन कम्पनीको आरएसआई ७३.५२ स्केल अर्थात ओभरबट जोनमा रहेको छ। यसले कम्पनीको शेयर बिक्री चापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा कम्पनीको शेयर बुलिश प्रवृत्तिमा रहेको देखिन्छ।

हाल नेप्सेमा कम्पनीको ७६ लाख ३२ हजार ५०० कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ४७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण ३ अर्ब ४९ करोड २ लाख ७० हजार रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ४८५ रुपैयाँ रहेको छ भने न्यून मूल्य ९३ रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य २८३ रुपैयाँ ५३ पैसा रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले एक्सट्रीम ग्रीड जोनमा रहेको छ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।