धितोपत्र बोर्डले २५ % कम्पनीलाई खराब भन्न मिल्छ ? वर्षाै लगाएर बनाएको कम्पनीको शाख गिर्दा त्यसकाे क्षतिपूर्ति कसले दिन्छ ?

Jun 15, 2021 06:51 PM Merolagani

सुवास निरौला

नेपाल धितोपत्र बोर्डले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै दोस्रो बजारमा सूचिकृत करिब २५ प्रतिशत कम्पनीमा लगानी गर्दा होस पुर्‍याउन पर्छ भन्दै लगानीकर्तालाई सचेत गराएको छ। उसले लगानीकर्तालाई सचेत गराउने बहानामा घुमाउरो पाराले सूचिकृत ५२ कम्पनीमा लगानी गर्नु उचित नहुने भन्दै सतर्क गराएको छ।

 

बोर्डले सार्वजनिक गरेको विज्ञप्ति पढिसकेपछि सर्वसाधारण लगानीकर्ताले त्यस्ता कम्पनीमा लगानी गर्न नहुने रहेछ भनेर धारणा बनाउन सुरु गरेका छन्। जसले कम्पनीप्रति लगानीकर्ताको धारणा नकारात्मक बनाउन बल पुर्‍याएको छ। बोर्डले अध्ययनको क्रममा भन्दै कम्पनीको नाम नै किटेर लगानीकर्तालाई सचेत गराइपछि बर्षाैदेखि साख बनाउन मेहनत गरिरहेका कम्पनीको साख एकै पटक गिराइ दिएको छ।

कुनै पनि कम्पनी राम्रा हुन् या नराम्रा ती कम्पनीको बिश्लेषण गर्ने अधिकार स्वयम् नियामक निकायहरूलाई हुने गर्छ। तर त्यसलाई नकारात्मक असर गर्ने गरि सार्वजनिक गर्ने अधिकार बोर्डलाई हुदैन।   

नियामक निकायको स्वीकृति लिई नेपालको प्रचलित कानुन बमोजिम चलेका कम्पनीलाई दोस्रो बजारमा सूचिकृत अधिकार दिएको बोर्डले फेरि तिनै कम्पनीमा लगानी गर्दा होस पुर्‍याउनु पर्ने भन्नु आफैमा गलत देखिएको छ। दोस्रो बजारमा निर्धारण हुने मूल्यले कम्पनीको नाफा घाटामा कुनै सम्बन्ध हुँदैन। सूचिकृत कम्पनीहरूको दोस्रो बजारमा कति मूल्य हुने भन्ने पनि कसैले निर्धारण गर्ने गर्दैन। दोस्रो बजारमा निर्धारण हुने मूल्यले शेयरको मूल्य निर्धारण हुने हो। जसले गर्दा कुनै पनि कम्पनीको मूल्य बढी भयो वा कम भयो भन्ने अधिकार समेत बोर्डलाई छैन। बजारमा माग र आपूर्तिले शेयरको मूल्य निर्धारण गर्ने हो।

अर्को तर्फ जोखिम युक्त कम्पनीबाट जोगाउनु बोर्डको आफ्नै कर्तव्य हो। लगानीकर्ताका लागि जोखिम युक्त कम्पनी भए बोर्डले नै सूचीकरणबाट हटाउन सक्छ। सूचीकरणमा राखी राख्ने अनि लगानीको लागि जोखिम भन्नु आफैमा गलत हो। संसारका कुनै पनि नियामक निकाय आफैले स्वीकृति दिएका कम्पनीमा लगानी गर्नु उचित हुँदैन भनेर भन्दैनन्। कानुनत भन्न पनि मिल्दैन। किनकि प्राकृतिक व्यक्तिलाई यो गर वा त्यो नगर भनेर निर्देशन दिनु पर्दैन। उसले कानुनले वर्जित गरेका बाहेकको सबै काम गर्न सक्छ। तर कानुनद्वारा सिर्जित प्राकृतिक व्यक्ति सरहका संघ संस्था वा कम्पनीहरु भने कानुन अनुसार मात्रै निर्दिष्ट हुन्छन्। उनीहरूले यो गर्न पाउँछन् या पाउँदैनन् भनेर कानुन मै लेखिएको हुनु पर्छ। धितोपत्र बोर्ड पनि एक संस्था हो। उसलाई पनि  यो कम्पनी किन्न हुने वा नहुने भनेर नामै किटान गरेर बेला बेलामा सचेत गराउनु पर्छ भनेर कानुनले अधिकार दिएको हुनु पर्छ। जुन अधिकार बोर्डलाई छैन। जसले गर्दा पनि उसले नामै किटान गरेर कम्पनीहरूलाई सार्वजनिक बेइजति गराइदिनु बोर्डको अनुशासन भित्र पर्दैन।

अर्को तर्फ बोर्ड शेयर बजारका नियामक निकायहरूको अन्तर्राष्ट्रिय छाता संगठन आइएससिओको सदस्य पनि हो। उसले उसको सिद्धान्तलाई पनि फलो गर्नु पर्छ। आइएससिओको सिद्धान्त डिस्कोलजर बेस हो। मेरिट बेस होइन। भन्नुको अर्थ कम्पनीहरूलाई पारदर्शी बनाउन लगाउने हो। जसको लागि कम्पनीहरूलाई पारदर्शिता रुपमा लगानीकर्तालाई दिनु पर्ने सूचना नियमित प्रकाशित गर भन्नु हो।सोही सिद्धान्त बमोजिम नियमन दायरामा पर्ने कम्पनीहरूले ती विवरण सार्वजनिक गर्नु पर्छ। ती विवरणहरू हेरेर लगानी गर्ने या नगर्ने निर्णय लगानीकर्ता आफैले गर्ने हो। तर कुनै पनि नियामक निकायले यो कम्पनीको अवस्था राम्रो छ,त्यसमा लगानी गर वा यो कम्पनी राम्रो छैन यसमा लगानी नगर भन्ने होइन। बोर्डले गरेको कार्य उसको आफ्नै छाता संगठनको सिद्धान्त विपरीत हो। कुनै पनि नीति निर्माण गर्दा सिद्धान्तमा पनि टेकेर निर्माण गरिन्छ।पहिले सिद्धान्त बन्छन् अनि मात्रै नियम कानुन आउँछ। त्यसैले उसको छाता संगठनको सिद्धान्त कै विपरीत छ।

अर्को तर्फ बोर्डले जुन आधारहरूलाई इन्डिकेटर मानेर ५२ कम्पनीलाई मापन गरेको छ। त्यो आफैमा पर्याप्त छैनन्। कुनै पनि कम्पनीमा लगानी गर्दा फन्डामेन्टल मात्रै हेरिँदैन। फन्डामेन्टलमा पनि पिइ रेसियो मात्रै हेरिँदैन। बोर्डले नै सार्वजनिक गरेको लिष्टको पहिलो नम्बरमा देखिएको कर्पोरेट डेभलपमेन्ट किन्नै नमिल्ने कम्पनीमा पर्दैन। किनकि पिइ रेसियो २० सम्म भएको कम्पनीलाई सुरक्षित मानिन्छ। त्यसैगरि पिभिबि रेसियो पाँच प्रतिशत सम्म रहेको कम्पनी  सुरक्षित मानिन्छ।

फेरि जति पनि एनालाइसिस गरिन्छ ती सबैले विगतका कुरा भन्छन्। त्यसले भविष्यको कुरा भन्दैन। अहिलेको अवस्थामा ती कम्पनी खराब होलान् तर भविष्यमा ती कम्पनी असलमा पनि परिणत हुन सक्छन्। स्टकमा लामो समयको लागि लगानी गर्नु पर्ने मान्यता हुन्छ।

अर्को तर्फ स्टकमा जहिले पनि भविष्यलाई हरेर कारोबार गर्ने गरिन्छ। आज कुनै पनि कम्पनीको शेयर किन्दै गरेको लगानीकर्ताले भोलि मूल्य बढ्छ भनेर शेयर किन्ने हो। सधैँ त्यही मूल्यमा बस्ने हो भने कसैले शेयर किन्दैन। जहिले पनि मूल्य बढ्छ भन्ने अनुमानमा शेयर किनबेच हुन्छ। जसले पनि भविष्यलाई हेरेर नै लगानी गर्ने हो भनेर प्रमाणित गर्छ।

लिस्टमा नारायणी डेभलपेमेन्ट बैक नकारात्मक देखिएको छ। नराम्रो देखिनुको कारण भनेको उक्त कम्पनी भर्खरै समस्या मुक्त भएको हो। उसलाई नेपाल राष्ट्र बैकले नै अब तिमीहरू सुधार हुन सक्छौ भन्दै सर्बसधारणको निक्षेप समेत सङ्कलन गर्न दिएको छ। भोलिका दिनमा उसलाई नबिल बैकले नै प्राप्ति गर्न सक्छ। भविष्य कसैले देखेको हुँदैन।त्यसैले भविष्यको अनुमानकै आधारमा स्टकमा लगानी हुन्छ।  

त्यसैले स्टकमा सूचिकृत हुँदा पुर्‍याउनु पर्ने नियम कम्पनीले पुर्‍याएसम्म उसलाई कुनै सूचना बिना एका एक राम्रो होइन भनेर सार्बजनिक गरिदिनु गलत हो। उक्त सूचनाले कम्पनीहरूलाई पुर्‍याउने क्षतिको जबाफदेहिता बोर्डले लिनु पर्ने छ।  

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।