गत साता २ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Jul 18, 2021 07:09 AM Merolagani



गत साता शेयर बजारका लगानीकर्ताहरु ‘पर्ख र हेर’को अवस्थामा देखिएका थिए। देशमा भएको राजनैतिक परिवर्तनका कारण लगानीकर्ताहरु सो अवस्थामा पुगेका थिए।

यद्यपि, गत साता नेप्से परिसूचक २ प्रतिशत बढेको छ। अघिल्लो साता २८२५.१० विन्दुमा रहेको नेप्से, गत साता ५८.२८ प्रतिशत अर्थात २.०६ प्रतिशत बढेर २८८३.३८ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २७५० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेको ५ दिने इएमए ले २० दिने इएमएलाई तलबाट काटेर माथितिर लागेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम सिर्जना हुन थालेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेले डोजी जस्तै मैनबत्ती बनाएको छ। जसले लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ।

गत साता नेप्सेसँगै भोल्युममा पनि सुधार देखिएको थियो। गत साता दैनिक औषतमा ७ अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम ७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। २० दिने औषत भोल्यूमको तुलनामा ५ दिने औषत भोल्यूम ३.९० प्रतिशत बढी हो।

जलविद्युत उपसमूह

गत साता जलविद्युत उपसमूहको परिसूचक ६.१४ प्रतिशत बढेको छ। अघिल्लो साता २७२८.०८ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता १६७.४७ अंक बढेर २८९५.५५ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ३१०० विन्दुमा टेवा पाउने देखिन्छ भने ओरालो लागेमा २६०० विन्दुमा टेवा पाउने देखिन्छ।

जलविद्युतको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथितिर जान लागेको देखिन्छ। यसले बजारमा बाइङ्ग मोमेन्टम सिर्जना हुँदै गएको संकेत गर्दछ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।