डटकम बबल के हो?

Jul 20, 2021 06:17 PM Merolagani

सन् १९९० को दशकको अन्त्यमा बुल मार्केटको समयमा इन्टरनेट आधारित कम्पनीहरुमा गरिएको लगानीका कारण यूएस टेक्नोलोजि स्टक इक्विटी भ्यालुएशनमा आएको वृद्धि नै डटकम बबल हो।

यस अवधिमा इक्विटी मार्केटको भ्यालु यति छिटो बढ्यो कि, टेक्नोलोजि कम्पनीको बाहुल्यता रहेको नाक्डाक इण्डेक्स १९९५ र २००० को बिचमा १००० मुनिबाट ५००० भन्दा माथि पुगेको थियो। २००० मा परिस्थिति बदलिन थाल्यो र २००१ र २००२ को बीचको सो बबल फुटेसँगै इक्विटीहरुको बियर मार्केटमा प्रवेश गरे।

१९९५ देखि २००० सम्ममा ५ पटक बढेर मार्च १०, २००० मा ५०४८.६२ को नयाँ उचाइ कायम गरेको नास्डाक इण्डेक्स, सो बबल फुटेसँगै अक्टोबर ४, २००२ सम्ममा ७६.८१ प्रतिशत घटेर ११३९.९० विन्दुमा झरेको छ। २००१ को अन्त्यसम्ममा अधिकांश डटकम स्टकहरु मूल्य घट्यो। सो अवधिमा सिस्को, इन्टेल र ओराकल जस्ता ब्लुचिप टेक्नोलोजि स्टकले पनि आफ्नो भ्यालुको ८० प्रतिशत गुमाए। नास्डाक सो उचाइमा पुनः पुग्न १५ वर्ष लाग्यो। २४ अप्रिल, २०१५ मा नास्डाक सो उचाइमा पुगेको थियो।

डटकम बबललाई बुझ्दा

डटकम बबल जसलाई इन्टरनेट बबल भनेर पनि भनिन्छ, यो स्पेकुलेटिभको उपस्थिति, स्टार्टअपहरुका लागि प्रशस्त भेञ्चर क्यापिटल फण्डिङ्ग र डटकमहरुले नाफा कमाउन नसकेपछि शुरु भएको थियो। १९९० तिर इन्टरनेट स्टार्टअपहरुले एकदिन राम्रो नाफा कमाउने अपेक्षामा लगानीकर्ताहरुले ती कम्पनीहरुमा पैसा खन्याए। इन्टरनेटको बढ्दो प्रयोगसँगै पैसा कमाउन नसकिएला भन्ने डरले धेरै लगानीकर्ता र भेञ्चर क्यापिटलिस्टहरुले सावधानी अपनाउन छोडे।

त्यस क्षेत्रमा स्टक मार्केटबाट धेरै पैसा आएपछि स्टार्टअपहरु पनि छिटै ठूलो हुने दौडमा लागे। प्रोपराइटरी टेक्नोलोजि नभएका कम्पनीहरुले आफ्नो वित्तीय दायित्वमा हेलचेक्राईँ गरे। उनीहरुले आफुलाई प्रतिस्पर्धामा अघि राख्नका लागि ब्राण्ड स्थापना गर्न मार्केटिङ्गमा जथाभावी खर्च गरे। केही स्टार्टअपले आफ्नो बजेटको ९० प्रतिशत नै विज्ञापनमा खर्च गरे।

१९९७ मा नास्डाकमा पूँजी प्रवाहमा नयाँ रेकर्ड नै कायम भयो। १९९९ सम्ममा, भेञ्चर क्यापिटलका ३९ प्रतिशत लगानी इन्टरनेट कम्पनीहरुमा गइरहेको थियो। सो वर्ष ४५७ आईपीओमध्ये अधिकांश इन्टरनेटसँग सम्बन्धित कम्पनीहरु थिए। त्यस्तै, २००० को पहिलो त्रैमासमा मात्रै ९१ कम्पनीहरुले आईपीओ निष्काशन गरेका थिए। जनवरी २००० को एओएल टाइम वार्नर मेगा मर्जर सबैभन्दा चर्चित थियो, जुन इतिहासकै सबैभन्दा ठूलो असफल मर्जर बन्न पुग्यो।

फेडका अध्यक्ष एलन ग्रीनस्पानले तर्कहिन वृद्धिका बारेमा ५ डिसेम्बर, १९९६ मा सचेत गराएका थिए। तर, उनले सन् २००० को बसन्तसम्ममा मौद्रिक नीतिमा कडाई गरेनन्। बैंक तथा ब्रोकरहरुले अधिक तरलता प्रयोग गरिसकेपछि इन्टरनेट स्टकलाई फण्ड गर्न फेडले पहिले नै वाईटुके बग सिर्जना गरेको थियो। विषय गम्भीर भएसकेपछि ग्रीनस्पानसँग बबल फुटाउनु बाहेक कुनै विकल्प रहेन।

अन्त्यमा बबल फुट्यो, धेरै लगानीकर्ताहरुले ठूलो घाटा व्यहोरे र धेरै इन्टरनेट कम्पनीहरु ताट पल्टिए। एमेजन, इबे र प्राइसलाइन जस्ता कम्पनीहरु सो बबलमा बाँच्न सफल भए।

कसरी फुट्यो डटकम बबल?

१९९० को समय हरेक क्षेत्रमा तिव्र प्राविधिक स्तरोन्नतीको समय थियो। तर यो इन्टरनेटको व्यवसायीकरण हो जुन देशले देखेको पूँजी वृद्धिको सबैभन्दा ठूलो विस्तारको कारण हो। हाइ टेक स्ट्याण्डर्ड धारक इन्टेल, सिस्को र ओराकल जस्ता कम्पनीहरुले प्रविधि क्षेत्रलाई अर्गानिक वृद्धितर्फ दोर्याइरहेको भएतापनि, यो अपस्टार्ट डटकम कम्पनीहरु थिए जसले १९९५ मा शुरु भएको शेयर बजारको उछाललाई बढावा दिएको थियो।

त्यसपछिका ५ वर्षमा जुन बबल सिर्जना भएको थियो, त्यसलाई सस्तो पैसा, सजिलो पूँजी, बजारको अति आत्मविश्वास र पूर्ण स्पेकुलेशले बढावा दिएको थियो। भेञ्चर क्यापिटलिस्टहरु नामको पछाडि ‘डटकम’ भएका कम्पनीहरुमा स्वतन्त्र तरिकाले ठूलो लगानी गर्न उत्सुक थिए। मूल्याङ्कन कमाई र मुनाफामा आधारित थिए जुन बिजनेस मोडलले वास्तवमा काम गरेपनि कयौँ वर्षसम्म हुने थिएन, र लगानीकर्ता पारम्पारिक आधारभूत कुराहरुलाई नजरअन्दाज गर्न तैयार थिए।

जुन कम्पनीहरुले अझै पनि राजस्व, मुनाफा र केही मामलामा एक तैयार उत्पादन सिर्जना गर्नु थियो, त्यस्ता कम्पनीहरु आईपीओ जारी गरी बजारमा गए र आफ्नो स्टकको मूल्य एकै दिनमा तीन चार गुणा बढेको देखे, जसले लगानीकर्ताहरुका लागि एक खुसिको उन्माद सिर्जना भयो।

नास्डाक इण्डेक्स १० मार्च, २००० मा ५०४८ विन्दुमा पुग्यो जुन अघिल्लो वर्षभन्दा करिब दोब्बर थियो। डेल, सिस्को जस्ता शीर्ष कम्पनीहरुले बजार उचाइमा पुगेको बेला ठूलो मात्रामा आफ्ना स्टकहरु बिक्री गरे जसले लगानीकर्ताहरुमा प्यानिक सेलिङ्ग बढायो। त्यसको केही सातामा नै, बजारले आफ्नो १० प्रतिशत भ्यालु गुमायो।

लगानी पूँजी कम भएसँगै, क्यास स्ट्राप्ड डटकम कम्पनीहरुको ज्यान पनि जान थालिसकेको थियो। डटकम कम्पनी जसको बजार पूँजीकरण अर्ब डलरभन्दा बढी पुगिसकेको थियो, ती कम्पनीहरु केबल केही महिनामा नै मूल्यहिन बन्न पुग्यो। २००१ को अन्त्यसम्ममा सर्वसाधारणमाझ कारोबार भएका डटकम कम्पनीहरु बन्द भए र ट्रिलियनौँ डलरको लगानी पूँजी गुम्न पुग्यो।

(इन्भेष्टाेपेडियाबाट अनुवादित)

comments powered by Disqus

ओलीले ‘बौद्ध’पठाएका कुलमानलाई प्रचण्डले प्राधिकरण ल्याउँदै, कुलमानलाई फुलमाला लगाउनु,हितेन्द्रलाई 'नडाम्नु'

Aug 05, 2021 06:33 PM

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध पठाएका कुलमान घिसिङलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा ल्याउने भएका छन् । ओलीले घिसिङको प्राधिकरणमा चार वर्षे कार्यकाल सकिएसँगै उनलाई पुनः नियुक्त नगरी घर ‘बौद्ध’ पठाएका थिए ।