नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी, राष्ट्र बैंक भन्छ, "हाम्रो सिस्टम त्यति कमजोर छैन, आतंकित हुनु पर्दैन"

Jul 22, 2021 11:42 AM Merolagani



नेपाल राष्ट्र बैंक सहित नेपालका १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने धम्की सहितको इमेल र फोन आएको छ। ।

ह्याकरले केन्द्रिय बैंक लगायत अन्य बैंकका अधिकारीहरुलाई पठाएको भनिएको इमेलमा विभिन्न बैंकहरुको सिस्टम ह्याक गर्ने भन्दै चेतावनि दिइएको थियो।

उक्त इमेल भाइरल भए लगतै नेपाल राष्ट्र बैंकका प्रबक्ता देवकुमार ढकाललाई बिहीबार बिहान आएको अन्तराष्ट्रिय कलमा समेत 'योर सिस्टम ह्याज बिन ह्याक्ड' भनेर फोन काटियो।

ह्यकरले केन्द्रिय बैंकका प्रबक्ता ढकाल र सह प्रबक्ता नारायणप्रसाद पौडेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई बैंकिङ्ग सिस्टम ह्याक गर्ने भन्दै धम्किपुर्ण इमेत पठाएको थियो।  उक्त पत्रमा ह्याकरले यस कुरालाई मजाकको रुपमा नलिन समेत भनेको छ।

पत्रमा नेपाल राष्ट्र बैंकसहित १६ वटा बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्की दिइएको थियो। तर केन्द्रिय बैंकले भने यसलाई लिएर कोही पनि आतंकित हुनु नपर्ने जनाएको छ

यो फेक हल्ला भएको कारण यसबाट कोही पनि आतंकित हुन नपर्ने केन्द्रिय बैंकका प्रबक्ता ढकालले बताए। "हामीले सम्पुर्ण सिस्टमहरु चेक गरिसक्याैं। राष्ट्र बैंक लगायत सम्पुर्ण बैंकको सिस्टम निगरानीमा छ।" उनले मेरोलगानीसँग भने "यो फेक हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन। कोही पनि आतंकित हुनुपर्ने आवश्यकता छैन।"

उक्त पत्र भाइलर भएपछि केन्द्रिय बैंक लगायत अन्य बैंकहरुले पनि प्रणाली निगरानी गरिरहेका छन्। केन्द्रिय बैंकले कुनै पनि बैंकको डेटा यति सजिलै ह्याक हुन नसक्ने भन्दै ढुक्क हुन आग्रह गरेको छ। "हाम्रो फायरवाल सिस्टम एकदमै स्ट्रङ छ। त्यति सजिलै कुनै पनि बैंकको डेटा ह्याक हुन सक्दैन," ढकालले भने "सबैलाई सुरक्षित रुपमा आफ्नो कारोबार सञ्चालन गर्न आग्रह गरेका छौ।'

ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, सानिमा बैंक, नेपाल एसबीआइ बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालय बैंकको नाम उल्लेख छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।