शेयर बजारमा देखिएन राष्ट्र बैंकको निर्देशनको प्रभाव, करेक्सनपछि पुनः लयमा फर्कियो नेप्से

Jul 27, 2021 03:33 PM Merolagani



मंगलबार शेयर बजारमा निकै उतारचढाव देखियो। सुरुवाति चरणमा नेप्से सूचक उच्च अंकले घटेको भए पनि अन्तिमसम्म आइपुग्दा शेयर बजार सकारात्मक देखिएको छ।

केन्द्रिय बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशनमा प्रोभिजनिङको व्यवस्थामा परिवर्तन गर्दै त्यसको सीमालाई बढाएको थियो। असल कर्जामा पनि प्रोभिजनिङकाे सीमा बढेपछि बैंक तथा वित्तीय संंस्थाहरुको नाफा र लाभांश क्षमतामा समेत असर पर्ने भएको छ।

केन्द्रिय बैंकको निर्देशन आएपछि धेरै लगानीकर्तामा अन्योल बढेको थियो कि सो निर्देशनपछि बजारले कस्तो प्रतिकृया देला। तर, मंगलबार सुरुवाति चरणमा बजार नकारात्मक बनेपनि अन्तिममा सकारात्मक भएर बन्द भएको हाे। यद्यपि कतिपय वाणिज्य बैंक र माइक्रोफाइनान्स कम्पनीहरुमा भने यसको प्रभाव देखिएको छ।

यस दिन नेप्से सूचक २९.२३ अंकले बढेर ३०७९.६६ विन्दुमा पुगेको छ भने कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा अझै बढेको छ। यस दिन ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँमा खरिदबिक्री भएको छ।

मंगलबारको बजारमा हाइड्रोपावरका साथै फाइनान्स कम्पनीहरुमा पनि लगानीकर्ताको आकर्षण बढेको देखिएकाे छ। यस दिन हाइड्रोपावर उपसमूहको सूचक ३.७४ प्रतिशतले बढेको छ भने फाइनान्सको २.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको ४.७४ प्रतिशतले बढेको छ।

यता माइक्रोफाइनान्स उपसमूहको सूचक भने सबैभन्दा धेरै २.०६ प्रतिशतले घटेको छ।

  • १४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

मंगलबार कारोबारमा आएका १४ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। जसमा अधिकांश हाइड्रोपावर र फाइनान्स कम्पनी रहेका छन्। यस दिन मल्टिपर्पस फाइनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।

यता शेयरमूल्य उच्च रुपले घट्ने कम्पनीको शीर्ष स्थानमा भने अधिकांश माइक्रोफाइनान्स कम्पनी रहेका छन्। यस दिन सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ५.७७ प्रतिशतले घटेको छ भने उन्नति सहकार्य लघुवित्तको ४.६८ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ४.०६ प्रतिशत, स्वाभिमान लघुवित्तको ३.९६ प्रतिशत र समता घरेलु लघुवित्तको ३.८१ प्रतिशतले घटेको छ।

मंगलबार एनआइसी एशिया बैंकको सबैभन्दा धेरै ४९ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपि पावरको ४८ करोड ३२ लाख, युनाइटेड मोदी हाइड्रोपावरको ३६ करोड २४ लाख, सानिमा माई हाइड्रोपावरको ३५ करोड २८ लाख र नेश्नल हाइड्रोपावरको ३५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।