काम गर्ने नयाँ तरिका सिकाउने पुस्तक ‘वर्क स्मार्टर नट हार्डर’ को सारंश

Jul 28, 2021 06:07 PM Merolagani



टिमो किअन्डरद्वारा लिखित ‘वर्क स्मार्टर नट हार्डर’ एक पुस्तक हो जसले तपाईको कार्य दिन सुधार गर्ने १८ फरक तरिकाहरु पहिचान गर्दछ। नयाँ कम्प्यूटर सीपहरु सिक्नदेखि आफ्नै काम गर्ने प्याटर्न र रिदम बुझ्ने सम्मका टिप्सहरु यसमा पाउन सकिन्छ। पढ्न सजिलो गाइड जसले जोसुकैलाई पनि आफ्नो उत्पादकत्व बढाउन सहयोग गर्दछ।

यो सारंश कसको लागि?

यो सारंश त्यस्ता व्यक्तिहरुका लागि हो जो आफ्नो उत्पादकत्व सुधार गर्ने सुझावहरु खोजिरहेका छन्। कम समयमा धेरै काम गर्न सक्नु उत्पादकत्व हो, तपाई स्मार्ट भएर कसरी काम गर्नुहुन्छ भन्ने विषयमा हो, तपाई कडा परिश्रम गर्नु आवश्यक छैन। यदि तपाई सबै काम एकै दिन गर्न संघर्ष गरिरहनु भएको छ, अथवा अबका दिनमा के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने यो सारंश तपाईको लागि हो।

लेखकको बारेमा

टिमो किअन्डर एक लेखक मात्र थिएनन् उनी प्रडक्टिभ सुपरड्याड नामक ब्लग पनि चलाउँथे। त्यस्ता व्यक्तिहरुका लागि समर्पित थिए जो काम र परिवार दुबैमा रमाउँछन्। ब्लग र पुस्तक लेखन मात्र उनको काम थिएन, किअन्डर फिनल्याण्डमा श्रीमती र छोरासँग बस्दा आफ्ना अधिकांश दिनहरु सफ्टवेयर स्पेशलिस्टको रुपमा बिताउँथे र म्याराथन तथा ट्रायथलन जस्ता धैर्यका खेलमा रुची राख्दथे।

यस सारंशमा

यस सारंशमा तपाईको कार्यदिनलाई सुधार्ने १८ तरिकाहरुको बारेमा विस्तृत रुपमा छलफल गरिएको छ। अल्मलिनेदेखि इमेल पठाउने र छुट्टीको दिनमा के गर्ने भन्नेसम्म, यहाँ तपाईको लागि काम लाग्ने र कार्यान्वयन गर्न सक्ने धेरै टिप्सहरु छन्।

पुस्तक सारंश

दिन सही तरिकाले शुरु गर्नुहोस्

व्यक्तिगत उत्पादकत्वमा बलियो आधार बनाउन, निम्न कुराहरुलाई सही ठाउँमा राख्नुपर्छ। उचित दिमागी हालत, शारिरीक क्रियाकलाप, पर्याप्त पोषण र पर्याप्त निन्द्रा।

किअन्डरले सबैभन्दा पहिला अघि सारेको बुँदा हो बिहान चाँडै उठ्न सिक्नु। यसले तपाईको दिनमा केही घण्टा थप गर्छ, साथै तपाईको लचकता बढाउँदै तपाईलाई एक राम्रो र एकदम उत्पादक दिनको सुरुवात दिनसक्छ। यो विरोधाभासपूर्ण भएपनि चाँडै उठ्ने आईडिया कार्यान्वयन गर्न किअन्डरसँग सजिलो प्रक्रिया छ। ३, ४ दिनसम्म निरन्तर दैनिक १५ मिनेट चाँडै उठ्नुहोस्। यो बानी परिसकेपछि अन्य परिवर्तनहरु गर्नुहोस्। सुनिश्चित गर्नु पर्ने एउटा कुरा के हो भने, तपाई ठिक समयमा उठ्नुहोस्।

एक पटक नयाँ रुटिन स्थापना भइसकेपछि नयाँ तालिकाको लागि बाटो खुल्नेछ। त्यो समयलाई किअन्डर ध्यान गर्न, व्यायाम गर्न वा पढ्न सुझाव दिन्छन्।

काम गर्ने आफ्नै तरिका खोज्नुस्

प्रत्येक दिन दिनभरी ध्यान केन्द्रित गर्न कसैले सक्दैन, त्यसैले, किअन्डर केही भिन्न भिन्न रुटिन र तरिका प्रयास गर्न सुझाउछन् ताकि आफुलाई कुन तरिका काम गर्छ भन्ने थाहा पाउन सकियोस्।
यहाँ किअन्डरका केही शीर्ष सुझावहरु दिइएका छन्ः

१) द पोमोडोरो टेक्निकः आफ्नो कार्य दिनलाई २५ मिनेटको सेसनमा विभाजन गर्नुहोस् जहाँ हरेक नयाँ सेसन अघि ५ मिनेट खाली अवधि होस्। २५ मिनेटको ४ वटा सेसन सकेपछि १५–३० मिनेटको ब्रेक लिनुहोस्।

२) ९० मिनेटको अवधिः हाम्रो शरीर ९० मिनेटको चक्रमा कार्य गर्छ भन्ने धेरै मानिसहरु विश्वास गर्छन्। ९० मिनेटको अवधिलाई ध्यानमा राख्नुहोस्, र त्यसपछि २० मिनेटको ब्रेक लिनुहोस्। यस चक्रलाई दिनभरी दोहो¥याउनुहोस्।

३) ५२–१७ः ५२ मिनेट काम गर्नुहोस् र १७ मिनेट ब्रेक लिनुहोस्। दोहो¥याउनुहोस्।
ध्यान भड्किन नदिनुहोस्

तपाईको कार्यदिनमा तपाईको ध्यान भड्काउन सक्ने ३ कुराहरुको पहिचान गरेका छन्, सञ्चार उपकरण, मानिस र आन्तरिक कुरा।

सञ्चार उपकरण जस्तै सामाजिक सञ्जाल, इमेलहरुको एक समय र स्थान हुन्छ, तर जब तपाई काममा ध्यान केन्द्रित गर्ने कोशिस गरिरहनु भएको हुन्छ, तब केही नियमहरु निर्धारण गर्नुपर्ने हुन्छ। उदाहरणको लागिः दिनमा दुई पटक मात्र इमेल चेक गर्नुहोस् र एक पटकमा २० मिनेटभन्दा बढी समय नदिनुहोस्।

अर्को ध्यान भड्काउने कुरा हो मानिस र त्यो कार्यालयमा सहकर्मी पनि हुन सक्छ अथवा घरमा परिवार पनि हुनसक्छ। केही विकल्पहरुमध्ये एक हुन सक्छ स्थान परिवर्तन। यदि तपाई घरमा निरन्तर डिस्टर्ब हुनुभएको छ भने क्याफे वा सर्वाजनिक कार्य थलोमा गइ हेर्नुहोस्। यदि तपाई अफिसमा हुनुहुन्छ भने, स्वर नसुनिने हेडफोन प्रयोग गर्छन् अथवा ती व्यक्तिलाई डिस्टर्ब नगर्न अनुरोध गर्नुहोस्।

अन्तमा, आन्तरिक कुरा, कहिलेकाहीँ यसलाई जित्न गाह्रो हुन्छ। भड्किएको दिमाग प्राय खाना वा निन्द्रा वा ब्रेकको कमीको नतिजा हो। हरेक दिन पर्याप्त आराम गर्नुहोस्, खाना खानुहोस्, र नियमित ब्रेक लिनुहोस्।

 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।