१५० छोडेर २०० सेग्मेन्टका मोटरसाइकल रोज्दै बाइक पारखी, बाइकिङ्ग कल्चरले बढायो क्रेज

Jul 31, 2021 02:02 PM Merolagani

  • युबराज बस्नेत

नेपालमा राइडिङ ट्रेण्ड व्यापक चलेको छ। मोटो भल्गर, बाइकिङ्ग कल्चरको विकाससँगै युवाहरु समूह नै निर्माण गरेर लामो दूरी यात्रा गर्ने प्रचलन बढ्दो छ।

फुर्सदको समय मिलाएर मोटरसाइकल लिएर डाँडाकाँडा चाहर्न, घुम्न र रिफ्रेस हुन प्राय: युवाको क्रेज नै बसिसकेको छ।

अधिकांश नयाँ पुस्ता मोटरसाइकल र गाडीमा साैखिन देखिन्छन्। त्यसैले पनि समय र युवा वर्गको मन लोभ्याउने फिचर र लुक्स सहित सवारीसाधन नै सवारी विक्रेता कम्पनीले ल्याउने गर्छन्।

केही समय अघिसम्म नेपाली बजारमा १५० सीसी सेग्मेन्टका मोटरसाइकलको ठूलो हिस्सा थियो। अधिकांश ग्राहकले कम सीसी कै बाइक खरिद गर्ने गर्थे। ठूला सीसीका मोटरसाइकल खासै नचढ्ने त्यो ट्रेण्डमा परिवर्तन आएको छ।

बाइक बिक्रेता कम्पनीका अनुसार युवा तथा पुराना पुस्ता समेत २०० सेग्मेन्टका सवारीमा ट्रान्सफर भइसकेका छन्।

खासगरी केही वर्ष अघिसम्म २०० सीसी सेग्मेन्ट माथिका मोटरसाइकल सीमित रुपमा मात्रै बिक्री वितरण हुने गरेको थियो।

२०० तलका सेग्मेन्ट मात्रै बिक्री हुने नेपाली बजारमा अहिले हरेक कम्पनीले २०० देखि २५० सीसी क्षमताका मोटरसाइकल बिक्री गर्दै आएका छन् भने ग्राहक पनि यतै तर्फ मोडिएका छ।

नेपाली बजारमा २०० देखि २५० सेग्मेन्टका मोटरसाइकल बीच चर्को प्रतिस्पर्धा बढ्दो क्रममा छन्। त्यस्तै, मोटरसाइकल वितरक कम्पनीले पनि २०० सीसी माथिकै मोटरसाइकल सार्वजनिक गर्ने क्रम बढ्दो छ।

 

बजारमा २०० सेग्मेन्ट माथिका मोटरसाइकल बिक्री गर्ने धेरै कम्पनी भएपनि सडकमा भने हाल होन्डा, बजाज, टिभिएस, केटिएम, यामाहा नै बढी देखिन्छन् भने प्रतिस्पर्धा पनि यिनै कम्पनी बीच रहेको छ। यी बाहेक नेपालमा हाल हिरो, होन्डा, टेकन, बेनेली, हस्कभर्ना, सिएफमोटा जस्ता ब्राण्ड पनि २ सय सेग्मेन्ट माथिका मोटरसाइकल बिक्रि गर्दै आएका छन्।

काठमाडौं उपत्यकामा बस्ने अधिकांश मानिसहरु ग्रामिण भेग कै रहेको कारण आवतजावत गर्न १५० सेग्मेन्टका भन्दा २०० सेग्मेन्टका बाइक सजिलाे हुने भएकाले बढी रोज्ने गर्छन्। कारण, भौगोलिक बनावटकै कारण मिड रेञ्जका मोटरसाइकलमा बढ्दो क्रेज छ।

पल्सर एनएस २००, पल्सर २२० एफ, टीभीएस अपाचे आरटीआर २०० ४ भी, हिरो एक्स्ट्रीम २०० आर, सुजुकी, हिरो एक्सपल्स, केटीएम ड्यूक २०० र २५०, यामाहा एफजेट २५ लगायतका मोटरसाइकलहरु बढी बिक्री हुने गरेको बिक्रेताको भनाई छ।

गत एक हप्ता अघि मात्र होन्डाले हर्नेट २.० बजारमा ल्यायो। त्यस्तै, बजाजले पनि बजारमा २५० सीसीको मोटरसाइकल उतार्ने तयारी गरिरहेको छ। बिक्रेताहरु २०० सेग्मेन्ट मै बढी आकर्षित हुनुको प्रमुख कारण नै ग्राहकको रोजाइ रहेको छ।

 

२०० सेग्मेन्ट कै किन?

यी बाइकमा क्रेज देखिनु मुख्य कारण नै पर्फमेन्स अनुसारको मूल्य हो। खासगरी उच्च पावर, ५ लाखसम्मको मूल्य, कम मेन्टिनेन्स खर्चका र समयमै पार्टस्को उपलब्धता नै २०० देखि २५० सेग्मेन्टका मोटरसाइल सफल हुँदै गएका छन्। अर्को तर्फ चल्तीका ब्राण्डको केन्द्रमा यी सेग्मेन्ट परेसँगै धेरै ग्राहकको आकर्षण धेरै छ।

युवाको चाहना अनुरुपको आकर्षक लुक्स, डिजाइन र पर्फमेन्स नै २०० देखि २५० सीसीका मोटरसाइकल रोज्ने गरेको पाइन्छ। प्राय नयाँ पुस्ता मोटरसाइकलमा घुम्न र राइड गर्न रुचाउने भएकाले पनि बाटो सुहाउँदो पावर र पर्फमेन्सको आधारमा पनि २०० सेग्मेन्टकै बाइकमा ध्यान जाने गरेको छ।
खासमा २०० सेग्मेन्टका भएपनि माइलेज र पर्फमेन्समा पनि उत्कृष्ट नै मानिन्छ। अधिकांश बाइक ३० देखि ४० को हाराहारीमा किलोमिटर प्रतिलिटर माइलेज दिन्छन् जुन १५० सीसीको हाराहरी हो।त्यसैले पनि यी सेग्मेन्टको व्यापार बढ्दै गएको छ।

अर्को तर्फ सुरक्षाको हिसाबमा पनि २०० सेग्मेन्टका बाइकमा एबिएस लगाएतका फिचर दिइएको हुन्छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।