ओरियण्टल होटलको कम्पनी विश्लेषण

Jul 31, 2021 06:59 PM Merolagani



यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ७.८९ प्रतिशत बढेको छ। गत साता ३६४६.२२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता २८७.७५ अंक बढेर ३९३३.९७ विन्दुमा पुगेको छ।

सोही उपसमूहको कम्पनीहरुमध्ये एक हो ओरियण्टल होटल (OHL)। यस होटलको शेयरमूल्य यस साता १८ रुपैयाँ घटेको छ। गत साता ६९५ रुपैयाँमा अन्तिम कारोबार भएको यस होटलको शेयरमूल्य यस साता ६७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी साता होटलको शेयरमूल्य बढेमा ७६० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा ६०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

यस साता होटलको ५ दिने इएमए २० दिने इएमएभन्दा माथि रहेको छ। यसले बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बलियो रहेको संकेत गर्दछ। यद्यपि, यी दुई बीचको दूरी केही घटेको देखिन्छ जसले बाइङ्ग मोमेन्टम घट्न थालेको संकेत गर्दछ।

मूल्यसँगै यस साता होटलको भोल्यूम पनि घटेको छ। यस साता होटलको दैनिक औषतमा ४१ हजार १५४ कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै होटलको २० दिने औषत भोल्यूम ४५ हजार २४ कित्ता पुगेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ८.५९ प्रतिशत कम हो।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा होटलले २१ करोड ११ लाख रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले ११ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो।

कोरोना भाइरस महामारीका कारण व्यवसाय प्रभावित भएपछि होटलले नोक्सानी व्यहोर्नु परेको हो। सो अवधिसम्ममा होटलले व्यवसाय सञ्चालनबाट जम्मा ५ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ। जबकी सो अवधिमा होटलको कुल खर्च २४ करोड १८ लाख रुपैयाँ रहेको छ।

१ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा ८८ करोड ८५ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा होटलको जगेडा कोषमा १ अर्ब १३ करोड २० लाख रुपैयाँ सञ्चित थियो।

सो अवधिसम्ममा होटलको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ९६ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा होटलको बुकभ्यालु १७८ रुपैयाँ ७७ पैसा रहेको छ।

साताको अन्तिम कारोबार दिन होटलको आरएसआई ५५.७८ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुमा होटलको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

हाल नेप्सेमा होटलको १ करोड १२ लाख ८० हजार ९०४ कित्ता शेयर सूचीकृत छ। होटलको १८० दिने औषत मूल्य ५१८ रुपैयाँ ८९ पैसा रहेको छ। त्यसैगरी, होटलको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ७३० रुपैयाँ रहेको छ भने न्यून मूल्य ३३५ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा होटलको कुल बजार पूँजीकरण ७ अर्ब ६३ करोड ८३ लाख रुपैयाँ रहेको छ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले विश्लेषण गर्नु जरुरी छ।)




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।