निर्धन उत्थानको खुद नाफालाई ‘राइट ब्याक’को टेवा

Aug 05, 2021 06:15 AM Merolagani



निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (NUBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक देखिएको छ भने खुद नाफा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९१ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२३.२६ प्रतिशत बढी हो।

सञ्चालन मुनाफा ऋणात्मक भएपनि खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४३.५४ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी २५.४२ प्रतिशत बढेको छ। सो अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २ अर्ब ८० करोड ३८ लाख रुपैयाँ ऋणात्मक छ। सम्भावित जोखिम बापतको व्यवस्थामा ४ अर्ब २६ करोड २३ लाख रुपैयाँ छुट्याएपछि लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १३ प्रतिशत र जगेडा कोष ५१.३९ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको सापटी ८.८६ प्रतिशत घटेको छ भने निक्षेप १८.५७ प्रतिशत र कर्जा लगानी १९.४९ प्रतिशत बढेको छ।

नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य सुधार भएको छ। सो अवधिमा लघुवित्तको यस्तो आम्दानी ३५ रुपैयाँ २७ पैसा बढेर ५४ रुपैयाँ २३ पैसा पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ २६५ रुपैयाँ २५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.५१ गुणा रहेको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।