स्वाभिमान लघुवित्तको जगेडा कोष उल्लेख्य बढ्यो, नाफा कति?

Aug 05, 2021 06:35 AM Merolagani



स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको जगेडा कोष उल्लेख्य बढेको छ भने नाफामा पनि राम्रो सुधार गरेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुवित्तको जगेडा कोष ४६४.९२ प्रतिशत बढेर ६ करोड ६९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा लघुवित्तको यस्तो कोषमा १ करोड १८ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा लघुवित्तको सापटी ६७.६३ प्रतिशत बढेको छ भने निक्षेप ३८.८७ प्रतिशत र कर्जा लगानी ४७.१६ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५५.३१ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५५.४३ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ४३.२८ प्रतिशत बढेको छ। सो अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ८९.१९ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ३ करोड ८ लाख रुपैयाँ छुट्याएको छ भने ३ करोड ९७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।

नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य सुधार भएको छ। सो अवधिमा लघुवित्तको यस्तो आम्दानी ३६ रुपैयाँ ९४ पैसा बढेर ६० रुपैयाँ ७३ पैसा पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.३ गुणा रहेको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।