सिन्धु विकास बैंकको कम्पनी विश्लेषण

Aug 07, 2021 06:57 PM Merolagani



पछिल्लो समय विकास बैंकहरु दोस्रो बजारका लगानीकर्ताहरुको आकर्षण बढ्दो छ। यस साता मात्रै विकास बैंक उपसमूहको परिसूचक २.६६ प्रतिशत बढेको छ। यसमध्ये एक बैंक हो, सिन्धु विकास बैंक (SINDU)।

यस साता बैंकको शेयरमूल्य बढ्दो क्रममा देखिएको छ। गत साताको अन्तिम कारोबार दिन प्रतिकित्ता ४९६ रुपैयाँमा अन्तिम कारोबार भएको यस बैंकको शेयर यस साता ५१२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस अनुसार यस साता बैंकको शेयरमूल्य १६ रुपैयाँ बढेको छ। यस अनुसार आगामी दिनमा बैंकको शेयरमूल्य उकालो लागेमा ६०० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, बैंकको शेयरमूल्य ओरालो लागेमा ४५० रुपैयाँमा टेवा पाउने देखिन्छ।

पछिल्ला दिनमा बैंकको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो हुँदै गएको छ। यसले बैंकको शेयरमा बाइङ्ग मोमेन्टम बलियो हुँदै गएको संकेत गर्दछ।

शेयरमूल्यसँगै बैंकको भोल्यूम पनि बढेको छ। यस साता बैंकको दैनिक औषतमा १ लाख २५ हजार ९१७ कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, बैंकको पछिल्लो २० दिनेको औषत भोल्यूम ९८ हजार ९२२ कित्ता रहेको छ। बैंकको दैनिक औषत भोल्यूम २० दिने औषत भोल्यूमको तुलनामा २७.२९ प्रतिशत बढी हो।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ५६ लाख ८३ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८०.९८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ करोड ९७ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्यमात्र बढेपनि इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा बैंकको खुद नाफा बढ्न पुगेको हो।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ करोड १५ लाख रुपैयाँ रहेको छ।

५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ८ करोड ९५ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकले १० करोड ९९ लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यसैगरी, सो अवधिसम्ममा बैंकले ५ करोड ९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।

सो अवधिसम्ममा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५३ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ६०.०२ गुणा रहेको छ। बैंकको बुकभ्यालु ११६ रुपैयाँ ७ पैसा रहेको छ। त्यसैगरी, बैंकको प्राइस टु बुकभ्यालु रेशियो ४.४१ गुणा रहेको छ। बैंकको आरओई ७.३५ प्रतिशत रहेको छ।

यस साताको अन्तिम कारोबार दिन बैंकको आरएसआई ७२.१९ स्केल अर्थात ओभरबट जोनमा रहेको छ। यसले बैंकको शेयरमा बिक्री चापको तुलनामा खरिद चाप बढी रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा बैंकको शेयरमूल्य अहिले बुलिश प्रवृत्तिमा रहेको देखिन्छ।

नेप्सेमा ५५ लाख ७४ हजार ५६० कित्ता शेयर सूचीकृत रहेको यस बैंकको गत बिहीबार ५१२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार बैंकको कुल बजार पूँजीकरण २ अर्ब ८५ करोड ४१ लाख ७५ हजार ७८ रुपैयाँ ४० पैसा रहेको छ। बैंकको पछिल्लो १८० दिनेको औषत मूल्य २९२ रुपैयाँ ९० पैसा रहेको छ। त्यसैगरी, पछिल्लो ५२ हप्ताको उच्च मूल्य ५१२ रुपैयाँ रहेको छ भने न्यून मूल्य १२३ रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले एक्सट्रीम ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु बैंकको शेयर खरिद गर्दा धेरै विचार पुर्याउनु पर्ने संकेत गर्दछ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।