सञ्चालन आम्दानी घटेसँगै चन्द्रागिरीको नोक्सानी बढ्यो

Aug 09, 2021 07:05 AM Merolagani

चन्द्रागिरी हिल्स लिमिटेड (CGH) ले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ। विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी र खुद नाफा दुबै घटेको छ।

कम्पनीले सो अवधिसम्ममा २५ करोड ३८ लाख ४२ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नोक्सानी १० करोड ६६ लाख रुपैयाँ थियो।

कोभिड १९ का कारण कम्पनीको सञ्चालन आम्दानी घट्न गई खुद नोक्सानी बढ्न पुगेको हो। मार्च महिनामा कम भएको कोभिड १९ को प्रभाव अघिल्लो त्रैमासमा कम्पनीले आर्थिक सुचकमा केही सकारात्मक सुधारहरु महसुस गर्दै गर्दा एकाएक बढ्न गएको महामारीले पुनः नकारात्मक सुचकांकको सामना गर्नु परेको कम्पनीले जनाएको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४१ करोड ३० लाख रुपैयाँबाट घटेर २२ करोड १५ लाख रुपैयाँमा झरेको छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।