१ अर्ब नाघ्यो सोल्टी होटलको आम्दानी, नाफा कति?

Aug 19, 2022 09:08 AM Merolagani

सोल्टी होटल लिमिटेड (SHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार होटलको आम्दानीसँगै नाफा पनि बढेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा होटलले १ अर्ब ३७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०२.१६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले ४५ करोड ३९ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो।

आम्दानी बढेसँगै होटलको नाफा पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा २२ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा रहेको यस होटलले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३० करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ।

८४ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा ८९ करोड १२ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा होटलको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६७ पैसा ऋणात्मकबाट बढेर ३ रुपैयाँ ५८ पैसा पुगेको छ। असार मसान्तसम्ममा होटलको प्रतिशेयर नेटवर्थ २० रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५६.५७ गुणा रहेको छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।