५० करोड आम्दानी गरेपनि सिटि होटलको नाफा किन ऋणात्मक?

Aug 15, 2023 06:58 AM Merolagani

सिटि होटल लिमिटेड (CITY) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी बढेपनि खुद नाफा ऋणात्मक रहेको छ र यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको पनि छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले सञ्चालन मार्फत ४७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५०.१३ प्रतिशत बढी हो त्यसैगरी, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा १६१.५७ प्रतिशत बढेर ५० करोड ९३ लाख रुपैयाँ पुगेको छ।

आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको खुद नाफा २७ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको यस्तो नाफा ४ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

आम्दानी बढेपनि कम्पनीको कुल खर्च र वित्तीय खर्च उल्लेख्य बढेका कारण खुद नाफा ऋणात्मक हुन पुगेको हो। समीक्षा अवधिमा कम्पनीको कुल खर्च १६४.४६ प्रतिशत बढेको छ भने वित्तीय खर्च ६४१.४६ प्रतिशत बढेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ रहेको छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।