मञ्जुश्री फाइनान्स र ज्योति विकासको संस्थापक शेयर लिलाम बिक्री गर्दै एनआईबिएल एस क्यापिटल

Sep 15, 2021 09:35 AM Merolagani

एनआईबिएल एस क्यापिटल लिमिटेडले मञ्जुश्री फाइनान्स र ज्योति विकास बैंकको संस्थापक शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

क्यापिटलले मञ्जुश्री फाइनान्स (MFIL) को ९५ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले भदौ ३१ गतेदेखि कात्तिक ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

मञ्जुश्री फाइनान्सको शेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ भने ज्योति विकास बैंक (JBBL) को न्यूनतम मूल्य १८५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।