शेयरबजारमा ब्याजदर वृद्धिको प्रभाव, १ घण्टामा २ प्रतिशत घट्यो नेप्से

Sep 16, 2021 12:10 PM Merolagani

साताको अन्तिम कारोबार दिन, बजार खुलेको एक घण्टामा नेप्से परिसूचक २ प्रतिशत घटेको छ। बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएसँगै यस दिन नेप्सेमा नकारात्मक प्रभाव परेको हो।

विगत केही दिनदेखि नै ब्याजदर वृद्धि हुने हल्लाले शेयर बजार प्रभावित हुँदै आएकोमा, यस दिन एक घण्टामा नेप्से ५९.१६ अंक घटेर २८२९.८८ विन्दुमा झरेको हो।

सो अवधिसम्ममा सेन्सेटिभ इण्डेक्स १.८५ अंक घटेर ५२८.५६ विन्दुमा झरेको छ।

सो अवधिसम्ममा २१६ कम्पनीको ३१ हजार ५८८ पटकको कारोबारमा २ अर्ब २५ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यसमध्ये जम्मा ५ स्क्रिप्टको मात्र शेयरमूल्य बढेको छ भने बाँकी सबैको घटेको छ।

सो अवधिसम्ममा सबै उपसमूहका परिसूचक घटेका छन्।

comments powered by Disqus