नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डको मूल्य समायोजन

Sep 27, 2021 10:25 AM Merolagani



असोज ११ गते, सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डको इकाईमूल्य समायोजन भएको छ।

यी दुबै फण्डले लाभांश वितरण प्रोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) को ३५ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात ब्यालेन्स्ड फण्डको इकाई मूल्य ११ रुपैयाँ ४ पैसा निर्धारण भएको छ। त्यसैगरी, नबिल इक्विटी फण्ड (NEF) को यस दिन ४० प्रतिशत नगद लाभांश समायोजन भएको हो। समायोजनपश्चात इक्विटी फण्डको इकाईमूल्य ११ रुपैयाँ ५४ पैसा तोकिएको छ।

यी दुबै फण्डहरुको कोष प्रबर्द्धक नबिल बैंक लिमिटेड हो भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड हो।

सोमबार समायोजित मूल्यका आधारमा यी दुबै फण्डको कारोबार खुल्नेछ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।