डिप्रोक्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 27, 2021 09:28 AM Merolagani



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) को लाभांश सुरक्षित गर्ने आज (असोज ११ गते) अन्तिम दिन हो। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज १२ गतेदेखि बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न असोज २३ गते बिसौँ वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तले चितवन गार्डेन रिर्सोट, भरतपुर, चितवनमा बिहान ११ बजे सभा डाकेको हो।

यसका साथै, डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई प्राप्ति गर्ने कार्य अघि बढाउन नसक्ने भएकोले हालसम्म भएका सम्पूर्ण कार्य अनुमोदन गर्ने, अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थाको समूह ‘ख’ साधारण शेयरधनीहरुमध्येबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।