लगानीकर्ताहरु प्रोफिट बुकिङ्गतर्फ लाग्दा बजारमा करेक्सन

Oct 10, 2021 03:22 PM Merolagani



साताको पहिलो कारोबार दिन शेयर बजारमा सामान्य करेक्सन भएको छ। बजार निरन्तर २ करोबार दिन बढेपछि, यस दिन लगानीकर्ताहरु प्रोफिट बुकिङ्ग गर्न तर्फ लागेका हुन्।

पछिल्ला दुई कारोबार दिनमा नेप्से ११०.३१ अंक बढेको थियो। सर्ट टर्म करेक्सनमा रहेको बजार गत साताका अन्तिम कारोबार दिन बढेको थियो। जसको मौका छोपेर लगानीकर्ताहरु यस दिन नाफा सुरक्षित गर्नतर्फ लागेका हुन्।

यस दिन नेप्से परिसूचक १८.५३ अंक घटेर २६६२.५८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १८.५३ अंक, फ्लोट इण्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३६ अंक घटेको छ। यस दिन २२० कम्पनीको ५४ हजार १२३ पटकको कारोबारमा ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार रुपैयाँ बराबरको ७२ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बजारमा करेक्सन भएपनि यस दिन सपोर्ट माइक्रोफाइनान्स र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन जीवन विकास लघुवित्त र महिला लघुवित्तको शेयररमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन शिभम् सिमेन्ट्स, माउन्टेन हाइड्रो नेपाल र रिडी हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेका छन्। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.७६ प्रतिशत बढेको छ भने जीवन बीमाको ०.५ प्रतिशत र वित्तको ०.२९ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.१६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन महिला लघुवित्त शिर्ष स्थानमा रहेको छ। लघुवित्तले यसै दिन लाभांश घोषणा गरेका कारण कारोबार बढेको हो। सो लघुवित्तको १८ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन जीवन विकास लघुवित्तको १८ करोड ३८ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।