रिडी हाइड्रोपावरमा गाभिने र लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न रैराङ हाइड्रोपावरले डाक्यो साधारण सभा

Oct 11, 2021 07:40 AM Merolagani



रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (RRHP) ले लाभांश र मर्जर प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

कम्पनीले कात्तिक १७ गते आफ्नो केन्द्रिय कार्यालय, थापाथलीमा अठारौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे जुमको सहायताबाट सञ्चालन हुनेछ।

सभाले रैराङ हाइड्रोपावर, रिडी हाइड्रोपावरमा गाभिने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै गत आर्थिक वर्षको मुनाफाबाट १२.६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।