दशैं अघिको अन्तिम कारोबार दिन २३ अंक घट्यो नेप्से

Oct 11, 2021 03:29 PM Merolagani



दशैं अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक २३.१९ अंक घटेर २६३९.३७ विन्दुमा झरेको छ। गत साताको अन्तिम दुई कारोबार दिनमा १०० अंकभन्दा बढी बढेको बजार आइतबारदेखि प्रोफिट बुकिङ्गका कारण नेप्से घट्न पुगेको थियो।

यस दिन पनि नेप्सेले सोही गतिलाई निरन्तरता दिएको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ५.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६२ अंक घटेको छ। यस दिन २१९ कम्पनीको ४४ हजार ४६२ पटकको कारोबारमा ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको ९३ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्से घटेपनि ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाईमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। योजनाले १०० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु सोतर्फ आकर्षित भएका हुन्। त्यसैगरी, यस दिन सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ७.८८ प्रतिशत बढेको छ। यस दिन महालक्ष्मी विकास बैंक र रैराङ पावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.३८ प्रतिशत र लगानी उपसमूहको परिसूचक १.०७ प्रतिशत बढेको छ। घटेको ११ उपसमूहमध्ये यस दिन व्यापार र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, विकास बैंक, जलविद्युत, वित्त र लघुवित्तको १.२६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १७ करोड १३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको करिब १७ करोडको शेयर खरिदबिक्री भएको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।