दशैं पछिको पहिलो कारोबार दिन साढे १७ अंक बढ्यो नेप्से, कारोबार रकम डेढ अर्बमा सीमित

Oct 17, 2021 03:19 PM Merolagani



दशैं पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक साढे १७ अंक बढेर बन्द भएको छ। दशैं अघिको अन्तिम कारोबार दिन २६३९.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन १७.५९ अंक बढेर २६५६.९६ विन्दुमा बन्द भएको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.१७ अंक, फ्लोट इण्डेक्स ०.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने डेढ अर्बमा सीमित भएको छ। यस दिन २१८ कम्पनीको २१ हजार ३२८ पटकको कारोबारमा १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको ४७ लाख ६० हजार २९५ कित्ता शेयर खरिदबिक्री भएको छ। लगानीकर्ताहरु अझै पनि ‘फेस्टिभ मुड’ मा भएका कारण कारोबार रकम घटेको हो।

यस दिन १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.५१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक २.०६ प्रतिशत बढेको छ भने व्यापार, विकास बैंक र निर्जीवन बीमाको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ८ करोड ३२ लाख ६७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको साढे ७ करोडको शेयर कारोबार भएको छ। आजमात्र लाभांश घोषणा गरेको आइसीएफसी फाइनान्सको यस दिन ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएको चन्द्रागिरी हिल्सको शेयरमूल्य यस दिन सर्वाधिक ६.९७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन हिमालयन उर्जाको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने घलेम्दी हाइड्रोपावर र कामना सेवा विकास बैंकको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य सर्वाधिक ५.६६ प्रतिशत घटेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।