यस दिन सेन्सेटिभ इण्डेक्स ३.१७ अंक, फ्लोट इण्डेक्स ०.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने डेढ अर्बमा सीमित भएको छ। यस दिन २१८ कम्पनीको २१ हजार ३२८ पटकको कारोबारमा १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको ४७ लाख ६० हजार २९५ कित्ता शेयर खरिदबिक्री भएको छ। लगानीकर्ताहरु अझै पनि ‘फेस्टिभ मुड’ मा भएका कारण कारोबार रकम घटेको हो।

यस दिन १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.५१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक २.०६ प्रतिशत बढेको छ भने व्यापार, विकास बैंक र निर्जीवन बीमाको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ८ करोड ३२ लाख ६७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको साढे ७ करोडको शेयर कारोबार भएको छ। आजमात्र लाभांश घोषणा गरेको आइसीएफसी फाइनान्सको यस दिन ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएको चन्द्रागिरी हिल्सको शेयरमूल्य यस दिन सर्वाधिक ६.९७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन हिमालयन उर्जाको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने घलेम्दी हाइड्रोपावर र कामना सेवा विकास बैंकको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य सर्वाधिक ५.६६ प्रतिशत घटेको छ।
