दशैं लगत्तै सुनचाँदीको भाउ बढ्यो

Oct 18, 2021 11:32 AM Merolagani



दशैं पछिको पहिलो कारोबार दिन, कात्तिक १ गते सोमबार सुनचाँदीको मूल्य बढेको छ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेको हो। दर्शैअघिको अन्तिम कारोबार दिन अर्थात असोज २५ गते, सोमबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यस दिन बढेर ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, यस दिन तेजाबी सुनको मूल्य प्रतितोला ६५० रुपैयाँ बढेर ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

दशैं अघि ११८० रुपैयाँमा कारोबार भइको चाँदीको यस दिन प्रतितोला ४५ रुपैयाँ बढेर १२२५ रुपैयाँमा अन्तिम कारोबार भइरहेको छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।