बढेको ब्याजदरको प्रभाव शेयर बजारमा

Oct 18, 2021 12:13 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेको छ। यस दिन बजार खुलेको १ घण्टा अवधिमा नेप्से परिसूचक ४४.३३ अंक घटेर २६१२.६३ विन्दुमा झरेको छ।

बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएसँगै यस दिन बजारमा प्रेशर परेको हो। यस दिन सो अवधिसम्ममा सेन्सेटिभ इण्डेक्स ७.८५ अंक घटेको छ। सो अवधिसम्ममा २१० कम्पनीको ९ हजार ३६५ पटकको कारोबारमा ७५ करोड २० लाख ९२ हजार रुपैयाँ बराबरको २० लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। सो अवधिसम्ममा १३ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।