व्यवहारिक लगानी सिकाउने पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश

Oct 20, 2021 05:59 PM Merolagani

हरेक साता लगानी र अर्थ सम्बन्धि पुस्तककाे सारंश प्रस्तुत गर्ने क्रममा विगत केही सातादेखि हामीले पिटर लिन्चद्वारा लिखित पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश प्रस्तुत गर्दै आएका छाैँ। आज साेही पुस्तक सारंशकाे चाैठाे भाग यहाँ प्रस्तुत गरिएकाे छ।

अध्याय ७ः मैले पाएँ, मैले पाएँ– यो के हो?

जुन तपाईले अघिल्ला अध्यायहरुमा पाउनु भयो त्यो कथाको एक टुक्रा मात्र हो जसलाई विकसित गर्न बाँकी छ।

‘अनुसन्धान बिना लगानी गर्नु स्टड पोकर खेल्नु तर कहिले तास नहेर्नु जस्तो हो।’

‘तपाई गर्नु पर्ने भनेको आफुले किराना सामान किन्दा जति मेहेनत गर्नुहुन्छ त्यति नै मेहेनत स्टक खरिद गर्दा लगाउनुपर्छ।’

बटम लाइन के हो?

यदि तपाई कुनै एक कम्पनीको प्रडक्टको वृद्धि हुन्छ भन्ने लाग्छ भने प्रश्न यो हुन्छ कि त्यस प्रडक्टले कति प्रतिशत आम्दानी गर्नेछ?। प्रोक्टर र ग्याम्बल जस्ता कम्पनीहरुका लागि प्याम्पर छिटो वृद्धि हुने प्रडक्ट हुनसक्छ तर अन्त्यमा कम्पनीलाई त्यसबाट पर्ने प्रभाव झिनो हुनसक्छ।

ठूला कम्पनी, साना कदम

कम्पनी जति ठूलो हुन्छ, त्यति नै उसको वृद्धिदर स्थिर राख्न अथवा बढाएर लान गाह्रो हुन्छ।

‘तपाईले साना कम्पनीहरुले ठूला कदम चालेको देख्नसक्नुहुन्छ। तपाई दुई वर्षमा आफ्नो पैसा चार गुणा हुन्छ भन्ने सोचेर कोका कोला जस्ता ठूला कम्पनीहरुको स्टक खरिद गर्नुहुन्न।’

६ वर्गहरु

एक पटक तपाईले कुनै क्षेत्रका कम्पनीहरुको आकार थाहा पाउनु भयो भने, तपाईले ती कम्पनीहरुलाई ६ वर्गमा विभाजित गर्न सक्नुहुन्छः स्लो ग्रोअर्स, स्टलवार्टस्, फास्ट ग्रोअर्स, साइक्लिकल, एसेट प्लेज र टर्नअराउण्ड।

माथिका मध्ये तीन वर्गहरुको सम्बन्ध ग्रोथ स्टकसँग छ। तपाई ग्रोथ स्टकहरुलाई स्लो ग्रोअर्स (स्लगिश), मिडियम ग्रोअर्स (स्टलवार्ट्स) र फास्ट ग्रोअर्स–सुपर स्टक जुन आकर्षणको हकदार छ, मा विभाजित गर्न सक्नुहुन्छ। ग्रोथ कम्पनीहरु प्रत्येक वर्ष धेरै बिक्री, धेरै उत्पादन र धेरै नाफामा विस्तार भएको हुन्छ।

क) स्लो ग्रोअर्सः ठूला र पुराना कम्पनीहरु सुस्त गतिमा विकासित हुन्छ तर ग्रस नेशनल प्रडक्टभन्दा थोरै छिटो वृद्धि हुन्छ। उनीहरु फास्ट ग्रोअर्सजस्तो शुरु गर्छन् र विस्तारै बाहिरिन्छन्। जब क्षेत्र सुस्ताउँछ, त्यसभित्रका अधिकांश कम्पनीहरु पनि सुस्ताउँछन्। ढिलो होस् या चाँडो प्रख्यात फास्ट ग्रोइङ्ग कम्पनीहरु स्लो ग्रोइङ्गमा परिणत हुन्छन्।

‘स्लो ग्रोअरको निश्चित संकेत भनेको यसले नियमित उदार लाभांश वितरण गर्दछ। जब कम्पनीहरुको व्यवसाय विस्ताका लागि नयाँ तरिकाहरु अपनाउन सक्दैनन्, उनीहरु उदार भएर लाभांश वितरण गर्छन्।’

‘यदि कम्पनीहरु कहिँ पनि छिटो गइरहेका छैनन् भने, उनीहरुको स्टक पनि कहिँ जाँदैन। यदि कम्पनीले विकास गरिरहेको छैन भने सुस्त कम्पनीहरुमा समय खेर फाल्नुको के अर्थ?’

ख) स्टलवार्ट्सः यी मल्टी बिलियन कम्पनीहरु हुन् जुन स्लो ग्रोअर्सभन्दा छिटो वृद्धि गर्ने अपेक्षा गरिन्छ। स्टलवार्ट्सहरु राम्रो नतिजा दिन्छन् तर उत्कृष्ट दिन सक्दैनन्। स्टलवार्ट्सबाट वार्षिक १० देखि १२ प्रतिशतसम्म आम्दानी वृद्धिको अपेक्षा गर्न सकिन्छ। तपाईले के किन्नु भयो र कतिमा किन्नु भयो, त्यसले स्टलवार्टमा तपाईले कति नाफा कमाउनुहुन्छ भन्ने निर्धारण गर्छ। मन्दी र गाह्रो समयमा बेला यस वर्गका कम्पनीहरु राम्रो प्रोटेक्सन दिन्छन्। उदारणका लागि, मन्दीको बेला मानिसहरु कर्नफ्लेक्स खान्छन् र त्यसैले केलग विस्तारै वृद्धि हुन्छ।

ग) फास्ट ग्रोअर्सः यी सबै साना, आक्रामक नयाँ कम्पनीहरु हुन् जुन वार्षिक २० देखि २५ प्रतिशत बढ्छ। जबसम्म उनीहरु आफ्नो वृद्धिदर कायम राख्न सक्छन्, उनीहरु स्टक मार्केटका ठूला विजेता हुन्। सानो पोर्टफोलियोमा यस्ता एक दुई कम्पनीहरुले करियर बनाउन सक्छ। फास्ट ग्रोइङ्ग कम्पनी फास्ट ग्रोइङ्ग क्षेत्रमा हुनुपर्छ भन्ने छैन।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।