फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कम्पनी विश्लेषण

Oct 23, 2021 06:15 PM Merolagani



फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले सबैभन्दा पहिला चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २ करोड ९६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.२३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याउँदा लघुवित्तको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.१७ प्रतिशत घटेको छ। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिमबापत १ करोड ५२ लाख ६३ हजार रुपैयाँ छुट्याएको छ। जसले गर्दा कुल सञ्चालन आम्दानी २७.४१ प्रतिशत बढेपनि सञ्चालन मुनाफा ०.२३ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष २२.६१ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ६२.५३ प्रतिशत र कर्जा ५४.८२ प्रतिशत बढेको छ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ २६ पैसा घटेर १२ रुपैयाँ ३० पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ११ पैसा रहेको छ। साताको अन्तिम कारोबार दिन लघुवित्तको मूल्य आम्दानी अनुपात ६९.०२ गुणा रहेको छ।

सो दिन लघुवित्तको १४ दिने आरएसआई ३९.२१ स्केलमा रहेको छ। यो न्यूट्रल जोन हो जसले बजारमा लघुवित्तको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेका संकेत गर्दछ। प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुमा लघुवित्तको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको देखिन्छ।

हाल लघुवित्तको नेप्सेमा ९६ लाख ४४ हजार ९२० कित्ता शेयर सूचीकृत छ। यस बिहीबार लघुवित्तको शेयर प्रतिकित्ता ८४९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार लघुवित्तको कुल बजार पूँजीकरण ८ अर्ब १८ करोड ८५ लाख ३७ हजार ८० रुपैयाँ रहेको छ।

लघुवित्तको १८० दिने औषत मूल्य ९१८ रुपैयाँ १३ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको पछिल्लो ५२ हप्ताको उच्च मूल्य १३६५ रुपैयाँ रहेको छ भने न्यून मूल्य ५४२ रुपैयाँ रहेको छ।

यस साता लघुवित्तको शेयरमूल्य ४९ रुपैयाँ ९० पैसा घटेको छ। गत साता ८९८ रुपैयाँ ९० पैसामा भएको अन्तिम कारोबार यस साता ८४९ रुपैयाँमा भएको छ। यस अनुसार आगामी साता लघुवित्तको शेयरमूल्य उकालो लागेमा ९५० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ७५० रुपैयाँमा टेवा पाउने देखिन्छ।

लघुवित्तको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले लघुवित्तको शेयरमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

शेयरमूल्यसँगै यस साता लघुवित्तको भोल्यूम पनि घटेको छ। यस साता दैनिक औषतमा लघुवित्तको १३ हजार १७ कित्ता शेयर खरिदबिक्री भएको छ। लघुवित्तको २० दिने औषत भोल्यूम २५ हजार ४९८ कित्ता रहेको छ। लघुवित्तको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४८.९५ प्रतिशत कम हो।

‘फियर एण्ड ग्रीड’ मिटरमा कम्पनीको शेयरमूल्य अहिले फियर जोनमा रहेको छ। पछिल्लो एक महिनादेखि लघुवित्तको शेयर फियर जोनमा नै रहेको छ। यद्यपि, यो एक्सट्रिम फियर जोनतर्फ अगाडि बढीरहेको छ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताहरुले लगानीको निर्णय गर्नु अघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।