सांग्रिलाको १७ औं वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम सार्वजनिक

Oct 25, 2021 12:01 PM Merolagani



सांग्रिला डेभलपमेन्ट बैंकले (SADBL) कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ । देशभर रहेका बैंकका शाखाहरुले कात्तिक ७ देखि कात्तिक १३ गतेसम्म देहाय अनुसारका कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ ।

कार्यक्रम अनुसार कार्तिक ७ गते बैंकको सम्पूर्ण विभागहरुले कुनै नयाँ योजना कार्यान्वयन गर्ने,
कार्तिक ८ गते विभिन्न शाखा कार्यालयहरु मार्फत निशुल्क स्वास्थ्य परीक्षण शिविर तथा आँखा जाँच गर्ने, कार्तिक ९ गते बैंकको ९८ वटा शाखा कार्यालय मार्फत वित्तीय साक्षारता कार्यक्रम र कार्तिक १० गते केन्द्रीय कार्यालय बालुवाटार सहित विभिन्न शाखा कार्यालय मार्फत रक्तदान शिविर रहेकाे छ । यस्तै कार्तिक ११ गते नयाँ शाखा कार्यालय उद्घाटन, कार्तिक १२ विभिन्न शाखा कार्यालयहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रहरु र कार्तिक १३ गते सम्मान कार्यक्रम तथा कृत्रिम अंग वितरण कार्यक्रम रहेकाे छ ।

उक्त कार्यक्रम सांग्रिला डेभलपमेन्ट बैंकको सम्पूर्ण शाखा कार्यालयहरुले कात्तिक ७ गते देखि कात्तिक १३ गतेसम्म क्रमानुसार मनाउँदै लग्ने बैंकले जनाएकाे छ । उक्त कार्यक्रमहरुले देशव्यापी रुपमा विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।