धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो, दरखास्त दिन आह्वान

Oct 28, 2021 09:22 AM Merolagani

नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदको पूर्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको छ। सरकारले खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिद्वारा पदपूर्ति गर्न लागेको हो।

सरकारले तोकेको योग्यता भएका इच्छुक नेपाली नागरिकहरुले १५ दिनभित्र अर्थात कात्तिक २५ गतेभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा गोप्य शिलबन्दी आवेदन दिनु पर्नेछ।

धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय वाणिज्य व्यवस्थापन वा कानून क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको उच्च नैतिक चरित्र भएको नेपाली नागरिकले सो पदका लागि आवेदन दिन सक्नेछन्। यसका साथै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११ बमोजिम अयोग्य नरहेको र तीन वर्ष पुरा भइ साठी वर्ष उमेर ननाघेको हुनुपर्ने बिहीबार प्रकाशित सूचनामा उल्लेख छ।

सरकारले, २०७६ पुसमा ४ वर्षका लागि नियुक्त भएका भीष्मराज ढुङ्गानाले आफु पदमा रहेको समयमा छोरी र परिवारको नाममा आफैले स्वीकृति दिने कम्पनीको शेयर खरिद गरी पदको दूरुपयोग गरेको भन्दै बरखास्त गरेको थियो। सरकारले उनको बरखास्तीपछि बाँकी अवधिका लागि नयाँ अध्यक्ष नियुक्त गर्न प्रक्रिया अगाडि बढाएको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।