दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 08, 2021 08:09 AM Merolagani



कात्तिक २२ गते, सोमबार, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। गुराँस लाइफ इन्स्योरेन्स र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी दुबै कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले मंसिर १० गते आफ्नो प्रधान कार्यालय, श्री राज भवन, तीनकुनेमा सो एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालन गरिनेछ।

सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० रुपैयाँ रहेको छ। ५.५० प्रतिशतका दरले १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ८ करोड ७२ लाख ५० हजार रुपैयाँ पुग्नेछ।

त्यसैगरी, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था (NICLBSL) ले लाभांश पारित गर्न चौथो वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्तले मंसिर ५ गते आइतबार धरान व्याकेट, धरान–१३, सुनसरीमा साधारण सभा बोलाएको हो।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ५.४१ प्रतिशत अर्थात ९ करोड ४१ लख ३ हजार ७०४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यस्तै, संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुबाट २ जना गरी ६ जना सञ्चालकहरु समेत चयन गर्नेछ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।