१०) मानिसहरुले यो खरिद गरिरहनुपर्छ
‘म खेलौना बनाउने कम्पनीभन्दा औषधी, सफ्ट ड्रिंक्स, रेजर ब्लेड, अथवा चुरोट बनाउने कम्पनीमा लगानी गर्छु। खेलौना उद्योगमा, कसैले एक सुन्दर पुतली बनायो जुन हरेक बच्चाले चाहन्छ, तर हरेक बच्चाले त्यो एउटा मात्र खरिद गर्छ।’
‘स्थिर व्यवसाय हुँदाहुँदै अस्थिर कम्पनीहरुमा लगानीको जोखिम किन लिनु?’
११) यो प्रविधिको प्रयोगकर्ता हो
‘अनन्त मूल्य युद्धमा बाँच्न संघर्ष गर्ने कम्प्यूटर कम्पनीहरुमा लगानी गर्नुभन्दा मूल्य युद्धबाट लाभ लिने कम्पनीमा किन लगानी नगर्ने।’
‘अटोमेटिक स्क्यानर बनाउने कम्पनीमा लगानी गर्नुको सट्टा स्क्यानर राख्ने सुपरमार्केटमा किन लगानी नगर्ने? यदि स्क्यानरले सुपरमार्केट कम्पनीको खर्च ३ प्रतिशत मात्र घटाएपनि, त्यसले मात्रै कम्पनीको आम्दानी दोब्बर बनाउन सक्छ।’
१२) इन्साइडरहरु खरिदकर्ता हुन्
‘कुनै पनि स्टकको सम्भावित सफलताका लागि यो भन्दा कुनै राम्रो टिप अफ हुन सक्दैन कि मानिसहरु त्यसमा पैसा खन्याइरहेका छन्।’
‘जब व्यवस्थापनले कुनै स्टकको स्वामित्व लिन्छ, तब शेयरधनीहरुलाई प्रतिफल वितरण गर्ने प्रथम प्राथमिकता हुन्छ, जबकी जब व्यवस्थापनले साधारण पेचेकहरु संकलन गर्छ, तब तलब बढाउनु पहिलो प्राथमिकता हुन्छ।’
‘इन्साइडरहरुले एउटै कारणले शेयर खरिद गर्छन्ः उनीहरु सोच्छन् स्टक मूल्य अन्डरभ्याल्युड छन् र त्यो विस्तारै माथि जान्छ।’
१३) कम्पनी आफ्ना शेयर खरिद गरिरहेका छन्
आफ्नो शेयर आफैले खरिद गर्नु कम्पनीले आफ्ना लगानीकर्तालाई दिनसक्ने सबैभन्दा राम्रो प्रतिफल हो। यदि कम्पनीलाई आफ्नो भविष्यमाथि विश्वास छ भने शेयरधनीहरुले जस्तै आफैमा लगानी किन नगर्ने?
‘जब कम्पनीले स्टक खरिद गर्छ, यो सर्कुलेशनबाट बाहिरिन्छ, त्यसैले शेयरको संख्या कम हुन्छ। यसले कम्पनीको प्रतिशेयर आम्दानीमा जादूमयी प्रभाव पार्न सक्छ, जसले स्टक मूल्यमा जादूमयी प्रभाव पर्नेछ। यदि कम्पनीले आम्दानी उस्तै राखी आफ्नो ५० प्रतिशत शेयर खरिद गर्छ भने तब प्रतिशेयर आम्दानी दोब्बर हुन्छ। केही कम्पनीले आफ्ना खर्च कटौती गरेर अथवा केही सम्पत्ती बिक्री गरेर सो नतिजा ल्याउन सक्छन्।’
अध्याय ९ः मैले खरिद गर्नबाट बच्ने स्टक
हटेस्ट उद्योगको हटेस्ट स्टक
यो यस्तो स्टक हो जुन सबैले सुनेका हुन्छन्। हट स्टकहरु छिटो माथि जान्छन्, तर जब मूल्य घट्छ, यो तिव्र गतिमा ओरालो लाग्छ। अधिकांश यो खरिद गर्छन् किनभने अरुहरु पनि त्यसको मूल्य छिटै तिव्र गतिमा बढ्छ भन्ने अपेक्षाले खरिद गरिरहेका हुन्छन्।
‘यदि तपाई प्रत्येक क्रमिक हट उद्योगमा सबैभन्दा हट स्टकमा लगानी गरेर नाफाबाट बाँच्नुपर्यो भने, तपाईको चाँडै कल्याण हुनुहुनेछ।’
अरु ...... बाट होशियार हुनुहोस्
मैले बेवास्ता गर्ने अर्को स्टक भनेको अर्को आइबिएम, अर्को म्याकडोनाल्ड, अर्को इन्टेल, वा अर्को डिज्नी आदि भनेर चिनिएका कम्पनीको स्टक हो। मेरो अनुभवमा अर्को ........ लगभग कहिल्यै हुँदैन।’
डिवोर्सिफिकेशनबाट बच्नुहोस्
जब कम्पनीले एक्विजिशनको लागि बढी भुक्तानी गर्छ, र एक्विजिशनहरु उनीहरुको बुझाइको दायराभन्दा बाहिर हुन्छन् भने शेयरधनीहरुको भ्यालु हराउँछ। अधिकांश केसहरुमा, शेयर बाइब्याक गर्नु अथवा लाभांश बढाउनु एक्विजिशन भन्दा राम्रा विकल्प हुन्। उपाय भनेको सम्बन्धित व्यवसायमा सही एक्विजिशन फेला पार्न र सफलतापूर्वक व्यवस्थापन गर्नु हो।
व्हिस्पर स्टकबाट सावधान हुनुहोस्
समय समयमा मानिसहरुले त्यस्ता कम्पनीहरुको बारे बताइरहेका हुन्छन् जसको बारेमा उनीहरु यो ठूलो लगानीको मौका हो भन्ने सोच्छन्। उनीहरु त्यस्ता कम्पनीहरुको बारे सबैलाई भनिरहेका हुन्छन्। यिनीहरु नै सम्मोहन प्रभाव र मनोवैज्ञानिक अपिल भएका व्हिस्पर स्टक हुन्।
मध्यस्तकर्ताबाट बच्नुहोस्
‘यदि कुनै कम्पनीले आफ्नो सम्पत्तीको २५ देखि ५० प्रतिशत एउटै ग्राहकलाई बिक्री गर्दछ भने त्यो कम्पनीको अवस्था नाजुक छ। यदि एक ग्राहकको नोक्सानी सप्लायरको लागि भयानक हुन्छ भने, त्यस्ता सप्लायरहरुमा लगानी गरी अलपत्र पर्नेछु।’
उत्साहजनक नाम भएका स्टकबाट सावधान हुनुहोस्
जसरी एक राम्रो कम्पनीले सुस्त नाम राखेर प्रारम्भिक लगानीकर्ताहरुलाई टाढा राख्छन्, त्यसरी नै एक सामान्य कम्पनीले आकर्षक नाम राखेर उनीहरुलाई सुरक्षाको गलत भावना दिन्छ। जबसम्म त्यसमा ‘एडभास्ड’, ‘लिडिङ्ग’, ‘माइक्रो’, अथवा त्यस्तै केही हुन्छ अथवा एक रहस्यमय परिवर्णी शब्द छ भने, मानिसहरु त्यससँग आकर्षित हुन्छन्।’