विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा ऋणात्मक रहेको यस कम्पनीको नाफा चालु आर्थिक वर्षको सोही अवधिमा धनात्मक भएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले २९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ५१ लाख ४१ हजार रुपैयाँ ऋणात्मक रहेको थियो।
बिजुली बिक्री आम्दानीसँगै वित्तीय खर्च केही घटेपछि कम्पनी नाफामा गएको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २ करोड ४३ लाख रुपैयाँबाट बढेर २ करोड ९७ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा २ करोड २८ लाख रुपैयाँबाट बढेर २ करोड ६० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी स्थिर रहेको छ। यद्यपि कम्पनीको जगेडा कोष २० करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४५ पैसा रहेको छ। त्यसैगरी, सो अवधिसम्ममा कम्पनीको बुकभ्यालु २३ रुपैयाँ ३२ पैसा रहेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ७१.१९ गुणा रहेको छ।
सो दिन कम्पनीको १४ दिने आरएसआई ४६.३७ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अधिकांश उपकरणमा कम्पनीको शेयरमूल्य बियरिश देखिन्छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको २६ लाख ४० हजार कित्ता शेयर सूचीकृत छ। कम्पनीको ५२ हप्ताको उच्च मूल्य ४८५ रुपैयाँ २० पैसा रहेको छ भने न्यून मूल्य ९७ रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ३१२ रुपैयाँ ७५ पैसा रहेको छ।
गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ३१६ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण ८३ करोड ६३ लाख ५२ हजार रुपैयाँ रहेको छ।

यस साता कम्पनीको शेयरमूल्य २६ रुपैयाँ ४० पैसा घटेको छ। यस अनुसार आगामी साता कम्पनीको शेयरमूल्य ओरालो लागेमा २७५ रुपैयाँ टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा भने ३७५ रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
कम्पनीको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी साँघुरिँदै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ। ५ दिने इएमएले २० दिने इएमएलाई काटेर तल लागेमा बियरिश क्रसओभर बन्नेछ। यसले कम्पनीको शेयरमूल्य ओरालो लाग्ने संकेत गर्दछ।
यस साताका तीनै कारोबार दिन कम्पनीको शेयरमूल्य घटेको छ। जसले गर्दा यस साता रातो मैनबत्ती बनेको छ। यसले कम्पनीको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कम्पनीको शेयरमूल्यसँगै यस साता भोल्युम पनि घटेको छ। यस साता कम्पनीको दैनिक औषतमा १३ हजार ४५२ कित्ता शेयर खरिदबिक्री भएको छ। कम्पनीको २० दिने औषत भोल्यूम १५ हजार ७४४ कित्ता रहेको छ। कम्पनीको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १४.५६ प्रतिशत कम हो।

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले न्यूट्रल जोनमा रहेको छ। यद्यपि, यो गत साताको तुलनामा तल झरेको छ।

(उपलब्ध तथ्यांकको आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)