नेप्से र कारोबार रकम दुबै घट्यो

Nov 21, 2021 03:27 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

बजार खुलेको आधा घण्टासम्म उकालो लागेको नेप्से, त्यसपछि बिक्रीचाप बढ्दा ओरालो लाग्न पुगेको हो।

यस दिन नेप्से परिसूचक ११.६० अंक घटेर २७५७.५३ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.७५ अंक, फ्लोट इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ। यस दिन २२५ कम्पनीको ५४ हजार ६६४ पटकको कारोबारमा ४ अर्ब ३५ करोड ७३ लाख रुपैयाँ बराबरको ७८ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत बिहीबार नेप्सेमा ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।

नेप्से घटेपनि यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंक र महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको हो। त्यसैगरी, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य ६.४० प्रतिशत बढेको छ।

यस दिन तेह्रथुम पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ४.२१ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन आईसीएफसी फाइनान्स, प्रिमियर इन्स्योरेन्स, मैलुङ्गखोला जलविद्युत, नेशनल माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर र साधना लघुवित्तको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

आइतबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने बाँकी २ उपसमूहको परिसूचक बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.४९ प्रतिशत र जलविद्युतको ०.४१ प्रतिशत बढेको छ। यस दिन, व्यापार, होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेका छन्। सो बैंकको यस दिन ५० करोड ९९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेशनल हाइड्रोपावर, नेपाल दूरसञ्चार र हिमाल दोलखाको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।