प्रि ओपन सेसन अपडेटः करिब ४ अंक बढ्यो नेप्से

Nov 24, 2021 10:51 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३२.३१ अंक बढेर २७३३.१२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.९७ अंक बढेर २७३७.०९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.१० अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १३ कम्पनीको ४ लाख ८२ हजार ७३६ रुपैयाँ ५० पैसा बराबरको ६९५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।