व्यवहारिक लगानी सिकाउने पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश

Nov 24, 2021 07:07 PM Merolagani



हरेक साता लगानी र अर्थ सम्बन्धि पुस्तककाे सारंश प्रस्तुत गर्ने क्रममा विगत केही सातादेखि हामीले पिटर लिन्चद्वारा लिखित पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश प्रस्तुत गर्दै आएका छाैँ। आज साेही पुस्तक सारंशकाे नवाैँ भाग यहाँ प्रस्तुत गरिएकाे छ।

भविष्यको आम्दानी

सबैभन्दा राम्रो तरिका हालको आयमा आधारित शिक्षित अनुमान हो।

तपाईले अर्को महिना, अर्को वर्ष, वा अर्को दशकमा आम्दानीमा के हुनेछ भनेर प्रोजेक्ट गर्न प्रयास गर्न आवश्यक छ।

आम्दानी वृद्धि हुने आंकलन गरिन्छ, र हरेक स्टकको मूल्य आफ्नो भित्री निर्मित वृद्धि अनुमानले दो¥याउँछ।

यदि तपाईले भविष्यको आम्दानी अनुमान लगाउन सक्नुहुन्न भने, कम्तिमा तपाईले कम्पनीले आफ्नो आम्दानी कसरी बढाउने योजना बनाएको छ भन्ने पत्ता लगाउनु पर्नेहुन्छ। त्यसपछि तपाईले ती योजनाहरुले काम गरिरहेको छ कि छैन भन्ने समय समयमा जाँच गर्नुपर्ने हुन्छ।

कम्पनीले आम्दानी बढाउने ५ आधारभूत तरिकाः खर्च घटाउनु, मूल्य बढाउनु, नयाँ बजारमा विस्तार गर्नु, हालको बजार वा ग्राहकहरुमा आफ्ना उत्पादनको बिक्री बढाउनु अथवा हराएका सञ्चालन कार्यहरुको पुनरुत्थान वा बन्द गर्नु।

अध्याय ११ः दुई मिनेटको ड्रिल

पहिलो कदम भनेको तपाई फस्ट ग्रोअर्स, स्लो ग्रोअर्स, स्टलवार्ट, साइक्लिकल, टर्न अराउण्ड अथवा एसेट प्लेमध्ये कुन सँग डिल गर्दै हुनुहुन्छ त्यो थाहा पाउनुहोस्। र, पीई रेशियोले कम्पनीको शेयरमूल्य अन्डरभ्यालुड छ कि ओभरभ्यालुड छ भन्ने अवधारणा दिइसकेको छ। अर्को कदम भनेको कम्पनीको बारेमा जतिसक्दो थाहा पाउने र थप समृद्धिका लागि यसले के गर्न गइरहेको छ भन्ने थाहा पाउनु हो। यसलाई ‘कथा’ पनि भनिन्छ।

कुनै स्टक खरिद गर्नुअघि, तपाई दुई मिनेट त्यस कम्पनीको बारेमा विचार गर्न सक्षम हुनपर्छ जसमा तपाई कि त्यस कम्पनीमा रुची राख्नुहुन्छ, कम्पनी सफल हुन के गर्नुपर्छ र यसका बलिया पक्षहरु पर्छन्।

यहाँ दुई मिनेट मनोवादका केही उदाहरणहरु छन्

स्लो ग्रोअर्सः लाभांशमा केन्द्रित हुनु

‘यस कम्पनीले पछिल्लो १० वर्षमा आम्दानी बढाएको छ, यसको यिल्ड आकर्षक छ, यसले कहिले पनि लाभांश दिन छुटाएको छैन र वास्तवमा, यसले पछिल्ला तीन मन्दीहरुसहित राम्रो÷नराम्रो समयमा पनि लाभांश बढाएको छ। यो एक टेलिफोन उपयोगिता हो र नयाँ सेलुलर सञ्चालनले वृद्धिदरमा थप प्रभाव पर्न सक्छ।’

साइक्लिकलः व्यवसायको अवस्था, इन्भेन्टरी र मूल्यमा केन्द्रित हुनु

‘अटो उद्योग तीन वर्ष घाटा भइसकेको छ, तर यस वर्ष परिस्थिति परिवर्तन भएको छ। मलाई थाहा छ किनभने पछिल्लो समयमा पहिलो पटक कारको बिक्री बढेको छ। मलाई थाहा छ जीएमका नयाँ मोडलहरु राम्रोसँग बिक्री भइरहेको छ, र पछिल्ला १८ महिनामा कम्पनीले ५ असक्षम प्लान्टहरु बन्द गरेकोछ, श्रम खर्च २० प्रतिशत घटाएको छ र आम्दानी तिव्र गतिमा बढ्ने देखिन्छ।’

एसेट प्लेः एसेट र त्यसको मूल्यमा ध्यान दिनुहोस्

‘स्टकको मूल्य ८ डलर छ, तर भिडियोक्यासेट मात्रै ४ डलर छ र रियल स्टेट ७ डलर छ। यो आफैमा बार्गेन हो र म यसलाई बाँकी कम्पनीहरुको तुलनामा ३ डलर कम मा पाइरहेको छुँ र कम्पनीको आम्दानी स्थिर छ र कुनै ऋण पनि तिर्नु छैन।’

टर्नअराउण्डः कम्पनीले कसरी आफ्नो भाग्य सुधार्दै गएको छ र योजनाले अहिलेसम्म काम गरिरहेको छ? भन्ने कुरामा केन्द्रित हुनुस्

‘जनरल मिल्सले विकृतिकरणको उपचारमा ठूलो प्रगति गरेको छ। एडी बाउर, टेलबोट्स आदिको बेचेर र यी उत्कृष्ट कम्पनीहरुका लागि उच्च मूल्य प्राप्त गरेर, जनरल मिल्स त्यो गर्नका लागि फर्किसकेको छ जुन उसले सबैभनदा राम्रो गर्छः रेष्टुराँ र प्याकेज्ड खाद्य पदार्थ। कम्पनीले लाखौँ शेयर बाइ ब्याक गरिरहेको छ। सिफुड सब्सिडाइरी, गोरटन्सले सिफुड मार्केटमा ७ प्रतिशतबाट २५ प्रतिशतसम्म बढाएको छ। उनीहरु कम क्यालोरी भएको दही, कोलेस्ट्रोल बिनाको विस्क्वीक र माइक्रोवेभ ब्राउनिजहरु ल्याइरहेका छन्। आम्दानी तिव्र गतिमा बढीरहेको छ।’




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।