आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको कम्पनी विश्लेषण

Dec 25, 2021 05:24 PM Merolagani



यस साता हाइड्रोपावर उपसमूहको परिसूचक ६.९८ प्रतिशत बढेको छ। गत साता २६५५.३० विन्दुमा रहेको सो उपसमूहको परिसूचक यस साता १८५.३१ अंक बढेर २८४०.६१ विन्दुमा पुगेको छ।

सोही उपसमूहमध्येको एक कम्पनीको हो, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL)।

यस साता कम्पनीको शेयरमूल्य २४ रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार दिन २६७ रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयर, यस साता २९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी दिन कम्पनीको शेयरमूल्य उकालो लागेमा ३५० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, कम्पनीको शेयरमूल्य ओरालो लागेमा २२५ रुपैयाँमा टेवा पाउने देखिन्छ।

यस साता कम्पनीको ५ दिने इएमए २० दिने इएमए भन्दा तल रहेको छ। यद्यपि, यी दुईबीचको दूरी घटेको छ। आगामी साता कम्पनीको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथितर्फ लागेमा त्यसले कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ जसले सो दिन बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

शेयरमूल्य बढेपनि यस साता कम्पनीको भोल्यूम भने घटेको छ। यस साता कम्पनीको दैनिक औषतमा १ लाख २० हजार १०२ कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै कम्पनीको २० दिने औषत भोल्युम १ लाख २८ हजार २६८ कित्ता रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्युम ६.३७ प्रतिशत कम हो।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नाफामा सामान्य घटेको वित्तीय विवरण सार्वजनिक गरेको थियो।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३ करोड ३० लाख खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४८ प्रतिशत कम हो। विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय खर्च बढेका कारण कम्पनीको नाफामा गिरावट देखिएको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३.९१ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा २.३९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ०.९८ प्रतिशत मात्र बढेको छ।

८० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २२ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १६ रुपैयाँ ९३ पैसाबाट घटेर १६ रुपैयाँ ५१ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७१ रुपैयाँ ३४ पैसा रहेको छ।

साताको अन्तिम कारोबार दिनको आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात १७.६३ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु ४.०८ गुणा रहेको छ। कम्पनीको आरओई २३.१४ प्रतिशत रहेको छ।

यस साताको अन्तिम कारोबार दिन कम्पनीको आरएसआई ४८.१३ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले कम्पनीको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमध्ये केहीले कम्पनीको शेयर बुलिश प्रवृत्तिमा रहेको देखाएको छ भने केहीले बियरिश प्रवृत्तिमा रहेको देखाएको छ।

हाल नेप्सेमा कम्पनीको ८० लाख कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता २९१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण २ अर्ब ३२ करोड ८० लाख रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ५०२ रुपैयाँ रहेको छ भने न्यून मूल्य ११५ रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ३३६ रुपैयाँ २९ पैसा रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले फियर जोनबाट विस्तारै न्यूट्रल जोनतर्फ आइरहेको देखिन्छ।


(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।