अमेरिकी डेमोक्रेसीलाई बचाउन के गर्नुपर्छ?

Jan 11, 2022 06:20 PM Merolagani

जब हामी अमेरिकाको डेमोक्रेसीको भविष्यका बारेमा सोच्छौँ, त्यतिखेर विश्वको वरिपरि जसलाई विद्वानहरु ‘डेमोक्रेटिक रिसेसन’ भनेका छन्, त्यसलाई हेर्नु पनि आवश्यक छ। हंगेरीदेखि पोल्याण्ड, टर्की, भारतसम्म, डेमोक्रेटिक मूल्य, मान्यता र संस्थाहरु तनावमा छन्।

र यस्तो नयाँ डेमोक्रेसिहरुमा मात्र भइरहेको छैन। उदाहरणका लागि आधुनिक जमर्नीलाई हेरौँ। सन् १९३० र १९४० को अत्याचारमा नरकीय अवतरण पछि, जर्मनी पराजित र नष्ट भएको युद्धबाट बाहिर आयो तर त्यसपछि पुनः उदय भयो र आफैलाई पुनः निर्माण गर्यो। आज यो लगभग पूर्वप्राकृतिक रुपमा स्थिर डेमोक्रेसी जस्तो देखिन्छ। एन्जेला मार्केलले चान्सलरको रुपमा १६ वर्षको कठोर सेवा गरे र सो स्थानमा उनका पूर्व वित्तमन्त्री आए। देशका नीतिहरु सीमित रुपमा मात्रै परिवर्तन भएको देखिन्छ। जनवादी अधिकार सीमान्त र प्रभावहिन छ।

तर, त्यो शान्तीका पछाडी थप अशान्त धाराहरु छन्। विद्वान रिचर्ड पिल्डेसले भनेझैँ, दशकौँसम्म जर्मनीका दुई मुख्य राजनीति दलहरु एकसाथ लिएर सामान्यतया ९० प्रतिशत भोट पाएका थिए। तर, २०२१ को संघीय चुनावमा उनीहरुले ५० प्रतिशतभन्दा कम मत पाएका थिए। नयाँ पार्टीहरु र नयाँ आन्दोलनहरुको उदय भइरहेको छ।

पिल्डिस यसलाई ‘राजनीतिक विभाजन’ भन्छन् र यो पश्चिमी विश्वमा भइरहेको छ। युरोपको सबैभन्दा सफल फ्रान्सको समाजवादी पार्टी, अहिले आफ्नै छायाँ हो। स्पेनले कार्ययोग्य गठबन्धनमा पुग्न चार वर्षमा चार चुनाव गर्नुपरेको छ। सन् २०१८ देखि दक्षिणपन्थी लोकतान्त्रिकहरुमा प्रवेश गरेदेखि, इटालियन राजनीति उथलपुथलमा छ जसलाई अहिले प्रधानमन्त्री मारियो ड्राघीको नेतृत्वमा बनेको टेक्नोक्रेटिक सरकारले बचाएको छ। नेदरल्याण्डले २०१७ मा गठबन्धन सरकार गठन गर्न रेकर्ड २२५ दिन लगायो।

यस्तो किन भइरहेको छ? केही कारणहरु चिरपरिचित छन्। द्रुत प्राविधिक परिवर्तनको युग, तीव्र विश्वव्यापीकरण र बढ्दो जातीय विविधताले ठूलो चिन्ता सिर्जना गरेको छ। यी चिन्ताहरुले परम्परागत संस्थाहरु र स्थापित पार्टीहरुमा अविश्वास निम्त्याउँछ। नयाँ व्यक्तित्वहरु राजनीतिक परिदृश्यमा ठोकिन्छन्, जसमध्ये कोही डराउँछन् र यी सबै नयाँ जटिलताबाट मुक्त हुन र देशलाई स्थिरतातर्फ वा जब मुलुक राम्रो अवस्थामा थियो त्यो अवस्थामा फर्काउन सरल समाधानहरु प्रस्ताव गर्छन्।

तर किन अमेरिकी डेमोक्रेसी, भनौँ फ्रान्स वा स्पेनको डेमोक्रेसीभन्दा बढी खतरनाक महसुस भइरहेको छ?

ती मुलुकहरुमा नयाँ कट्टरपन्थी शक्तिहरु राजनीतिक प्रणालीको मूल भागमा आक्रमण गर्न कटिबद्ध देखिदैनन्। पहिलो, यो ध्यान दिनु आवश्यक छ कि युरोपमा आक्रमण भइरहेको भनेको युरोपेली संघमा हो, जुन वास्तवमा निकै तनावमा छ। यसको तीन ठूला अर्थतन्त्रहरुमध्ये एक, ग्रेड ब्रिटेन, संघबाट बाहिरीएको छ। पोल्याण्ड र हंगेरीजस्ता अरुले यसलाई भित्रबाट कमजोर बनाउन खोजिरहेका छन्।

तर, तीन सबैले ‘अमेरिकाले विशेष गरी तनाव महसुस गरेको बताइरहेका छन् किनभने यो अर्को राष्ट्रपतिको चुनाव नजिक छ। यदि विशेष रिपोर्ट ‘अमेरिकी प्रजातन्त्र बचाउनको लागि लडाई’ मा उल्लेखित परिदृश्यहरु साँचो भएमा –– ट्रम्प उठ्छन्, मनोनयन जित्छन्, र यो एक क्लोज चुनाव हो–– हामीले लगभग निश्चित रुपमा संवैधानिक संकटको सामना गर्नेछ। अझ चिन्ताको कुरा, चुनावी प्रक्रियामा भएको परिवर्तनहरुलाई ध्यानमा राख्दै, अमेरिकीहरुले अमेरिकामा प्रत्येक क्लोज चुनावको नजिकिएपछि यस प्रकारको प्रतिस्पर्धाको सामना गर्नेछ। अमेरिकी निर्वाचन प्रणालीको आधारभूत वैधानिकता समाप्त भएको छ। रिपब्लिकनहरुले विशेष गरी ठूलो झुटलाई अँगालेका छन्ः कि अमेरिकी चुनाव धोकाधडीले भरिएको छ।

अमेरिकीहरुले संस्थापकको संविधानमा भएको त्रुटिलाई उजागर गरेको हुनसक्छ। तिनीहरुले विश्वास गर्थे कि एक राजनीतिक प्रणाली सिर्जना गर्न, मानिसहरुले सद्रभावपूर्ण रुपमा काम गरेको सुनिश्चित गर्न आवश्यक छैन। ‘यदि मानिसहरु भगवान भएको भए,’ जेम्स मडिसन लेख्छन्, ‘कुनै सरकारको आवश्यकता पर्दैनथ्यो।’ महत्वकांक्षाको प्रतिरोध गर्न महत्वकांक्षा बनाइनेछ– र यो नियन्त्रण र सन्तुलन प्रणालीले स्वतन्त्रता र डेमोक्रेसिको रक्षा गर्छ।

तर के मानिसहरुले जिम्मेवारीपूर्वक, सद्भावपूर्ण रुपमा कार्य नगरी प्रणालीले काम गर्न सक्छ? सरकारको एक हाँगा, कंग्रेस, अर्कोलाई परीक्षण गर्न खोज्छ। तर अहिले, रिपब्लिकन पार्टीको राजनीतिको लागि संस्थागत वफादारी मुख्य हो। जनवरी ६ को वास्तविक स्क्याण्डल केबल क्यापिटलको बाहिर मात्र भएको होइन, यो भित्र के भयो जब बहुमत हाउस रिपब्लिकनले राष्ट्रपति चुनावको वैध नतिजालाई तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा उल्टाउन मतदान गरे। यो त्यो भोट हो, दंगा होइन, जसले अमेरिकी प्रणाली लगभग तोड्यो।

हामी प्रायः सुन्छौँ, नयाँ डेमोक्रेसिको विपरित, अमेरिकी संस्थाहरु बलियो छन्। तर, राल्फ वाल्डो इमर्सनले भनेझैँ, ‘संस्था भनेको एक मानिसको लामो छायाँ हो।’ यदि मानिसहरुले उनीहरुलाई दुव्यवहार गरे, आक्रमण गरे, बेवास्ता गरे भने तिनीहरु विस्तारै पतन हुनेछन्।

र त्यसैले हाम्रा सबै प्रयासहरु मानिसहरुलाई सद्भावपूर्ण व्यवहार गर्नमा समर्पित हुनुपर्छ। विशेषगरी, रिपब्लिकनहरुले बुझ्नुपर्छ कि तिनीहरु डेमोक्रेटहरुले जे चाहन्छन्, चाहे त्यो कर होस् या नियमन, मुद्रास्फिति, वातावरण जेसुकै होस्, त्यस कुरामा जोडदार रुपमा असहमत हुन सक्छन्। तर अब तिनीहरु एक विश्वसनीय र वैध राजतीनितक प्रणाली जोगाउन उही डेमोक्रेटहरुसँग मिलेर आउनु पर्छ। तर, सबै अमेरिकीहरुका लागि, यो अहिलेको सबैभन्दा महत्वपूर्ण राजनीतिक मुद्दा हो, इरान अथवा ग्रीन सब्सिडीहरुमा विचार होइन। ती कुराहरुले पर्खन सक्छन्। पहिला अमेरिकी डेमोक्रेसि बचाऔँ।

(सीएनएनमा प्रकाशित फरीद जकारियाको विचार)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।