करेक्सनपछि पुनः उकालो लाग्यो बजार

Jan 13, 2022 03:23 PM Merolagani



बुधबार करेक्सन भएको बजार बिहीबार बढेको छ। अघिल्लो कारोबार दिन ३०.५१ अंक घटेको नेप्से, यस दिन ५४.१२ अंक बढेर २८५७.७५ विन्दुमा पुगेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ८.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०९ अंक बढेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३४ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २२४ कम्पनीको ७७ हजार ६६८ पटकको कारोबारमा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

साताको अन्तिम कारोबार दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लगानी, वित्त र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार, विकास बैंक, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ३४ करोड ३१ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अपि पावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एचआईडिसीएलको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

कारोबारमा आएको मध्य भोटेकोशीको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ३४ रुपैयाँ ४० पैसा बढेर ३७९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन माउन्टेन हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य १ प्रतिशत घटेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।