आर्थिक सुचकांक झन झन विकराल, शोधनान्तर घाटा झन्डै २ खर्ब

Jan 13, 2022 04:53 PM MeroLagani

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा शोधनान्तर घाटा बढेर १९५ अर्ब १ करोड रुपियाँ पुगेको छ । कार्तिक महिनासम्म १५० अर्ब ३ करोड रुपियाँ घाटा रहेकोमा मंसीर महिनामा ह्वात्तै बढेर झन्डै २ खर्ब शोधनान्तर घाटा पुगेको हो ।


मंसीर महिनासम्मको आर्थिक सूचकांक एकदमै खराब देखिए पनि पुस महिनामा गरिएका विविध सुधारात्मक कार्यहरुले पुस महिनाको तथ्यांक आउँदा देशको आर्थिक अवस्था केही सुधारिएर आउने विश्वास गरिएको छ । नेपाल राष्ट्र बैंकले पुस महिनामा विलासिताको समूहमा रहेका विभिन्न २० समूहमा ३०० भन्दा बढी वस्तुहरुको सामान आयातको लागि एलसी खोल्दा ५० देखि १ सय प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने प्रावधान अघि सारेको थियो । त्यसैगरी पौष महिनामै विदेशी सहायतामा सञ्चालित धेरै परियोजनाहरुको शोधभर्नाबाप्तको रकम समेत भित्रिएकाले देशको शोधनान्तर स्थितिमा पनि केही सुधार हुने आशा गर्न सकिन्छ ।

पाँच महिना भित्र नेपालमा रेमिट्यान्सको रुपमा ३८८ अर्ब ५८ करोड रुपियाँ नेपाल भित्रिए पनि चुलिँदो व्यापार घाटा पुर्ति गर्न सकिने गरी रकम भित्रिन नसक्दा शोधनान्तर घाटा आकाशिएको हो । पाँच महिनामा नेपालले १०२ अर्ब ९२ करोडको सामान निर्यात गरेर ८ सय ३ अर्ब ४१ करोडको सामान आयात गरेको छ । पाँच महिनाको व्यापार घाटा मात्रै ७३५ अर्ब ४९ करोड रुपियाँ पुगेको छ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत ७ अर्ब ७ करोड रुपियाँ नेपाल भित्रिएको छ भने रेमिट्यान्समार्फत ३ सय ८८ अर्ब ५८ करोड र सामान निर्यात गरेर १०२ अर्ब ९२ करोड रुपियाँ नेपाल भित्र्याएको छ तर नेपालले सामान किन्न मात्रै ८ सय ३ अर्ब ४१ करोड रुपियाँ नेपाल बाहिर पठाउँदा शोधनान्तर घाटा एकदमै डरलाग्दो गरी बढेर गएको हो । त्यसमाथि पर्यटन क्षेत्र ठप्प हुँदा खुद सेवा आय समेत ३८ अर्ब ५२ करोडले घाटामा रहेको छ । नेपालमा पर्यटकको आगमन खासै बाक्लिएको अवस्था छैन भने नेपालीहरु विदेश भ्रमण एवम् पढ्नको लागि विदेशिनेको संख्या बढ्दा सेवा क्षेत्र समेत नकारात्मक देखिन पुगेको हो । शोधनान्तर घाटाले नेपाल भित्रिने रकमभन्दा नेपालबाहिर जाने रकम बढी रहेको जनाउ दिन्छ ।

समीक्षा अवधिमा चालु खाता पनि ३०० अर्ब ६९ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २.४ प्रतिशतले कमी आई ४ अर्ब ५० करोड रुपियाँ मात्रै रहेको छ ।

बढ्दो व्यापार घाटासँगै नेपालको विदेशी विनिमय सञ्चिति पनि विस्तारै घट्दै गएको छ । मंसीर मसासन्तसम्म पुग्दा देशको विदेशी विनिमय सञ्चिति १० अर्ब ३ करोड अमेरिकी डलर पुगेको छ । यो सञ्चितिले ७.५ महिनाको वस्तु आयात र ६.८ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्रै पर्याप्त रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।