बजारमा खरिदकर्ता हाबी, करिब ८ अर्बको कारोबार

Jan 17, 2022 03:22 PM Merolagani



साताको दोस्रो कारोबार दिन धितोपत्र बजारमा खरिदकर्ता हाबी भएको देखिएको छ। बजार खुलेको केही समयपछि तिव्र गतिमा ओरालो लागेको नेप्से, त्यसपछि पुनः उकालो लागेको थियो।

दिनभरीको तिव्र उतारचढावका बीच यस दिन नेप्से २०.६४ अंक बढेर २९४७.३८ विन्दुमा बन्द भएको छ। मध्यान्हसम्म नकारात्मक रहेको नेप्से, सोपछिको समयमा खरिदकर्ता हाबी भएपछि बजार उकालो लागेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंक बढेको छ।

यस दिन बजार साढे २० अंक बढ्दा करिब ८ अर्बको शेयर खरिदबिक्री भएको छ। यस दिन २२४ कम्पनीको ९६ हजार ४०८ पटकको कारोबारमा ७ अबए ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावरको ४१ करोडको शेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्स, नेपाल टेलिकम र अपर तामाकोशीको यस दिन २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार पनि मध्य भोटेकोशीको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४१ रुपैयाँ ७० पैसा बढेर ४५८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन सनराइज ब्लुचीप फण्डको इकाई मूल्य र सिंगटी हाइड्रोपावर तथा सीईडिबी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।