व्यवहारिक लगानी सिकाउने पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश

Jan 19, 2022 06:00 PM Merolagani

हरेक साता लगानी र अर्थ सम्बन्धि पुस्तककाे सारंश प्रस्तुत गर्ने क्रममा विगत केही सातादेखि हामीले पिटर लिन्चद्वारा लिखित पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश प्रस्तुत गर्दै आएका छाैँ। आज साेही पुस्तक सारंशकाे अन्तिम भाग यहाँ प्रस्तुत गरिएकाे छ।

अध्याय १९ः अप्सन, फ्युचर र सर्ट

जबसम्म तपाई प्रोफेश्नल ट्रेडर बन्नु हुन्न, तपाईले बाजी जित्न करिब असम्भव छः ८० देखि ९० प्रतिशत अमेच्योर खेलाडीहरु हार्छन्। फ्युचरले किसानहरुलाई उनीहरुको गहुँको मूल्य लक गर्न मद्दत गर्दछ, जुन मूल्यमा उनीहरुले भविष्यमा आफ्नो गहुँ बेच्न सक्छन्, यसले भाविष्यमा किन्न सक्ने तेल मूल्यलाई लक गर्न एयरलाईहरुलाई सहयोग गर्दछ, तर यो जुवाको खेलमा संलग्न मानिसहरुका लागि जोखिमपूर्ण व्यवसाय हो। ठूलो सम्भावित प्रतिफल चाँडै धनी हुन चाहनेहरुका लागि धेरै आकर्षक हुन सक्छ।

यदि तपाई अप्सन खरिद गर्दै हुनुहुन्छ भने यसले तपाईलाई खरिद अथवा बिक्री गर्ने विकल्प दिन्छ, तर दायित्व होइन, भविष्यमा सहमत मूल्यमा। एक व्यक्तिले पैसा कमाउन अर्को व्यक्तिले गुमाउनु पर्छ। सर्टमा, यो एक जीरो सम गेम हो, कम्पनीको शेयर स्वामित्वसँग यसको कुनै सरोकार छैन।

‘एक मल्टी बिलियन डलर फ्युचर्स र अप्सनस् बजारमा अलिकति पैसा पनि रचनात्मक प्रयोगमा राखिएको छैन। दलालहरु र मुठ्ठीभरका विजेताहरुद्वारा खरिद गरिएको कार, विमान र घरहरुबाहेक यसले कुनै पनि कुरामा आर्थिक सहयोग गर्दैन। यहाँ हामी अचेतदेखि सावधानसम्ममा ठूलो भुक्तानी स्थानान्तरण भइरहेका छन्।’

कुनै स्टक सर्टिङ्ग गर्नुको मतलब कुनै धनीबाट स्टक सापटी लिएर उच्च मूल्यमा बिक्री गर्ने र मूल्य घट्छ भनेर कुर्नु हो ताकि सो धनीलाई फिर्ता गर्न रिप्लेसमेन्ट खरिद गर्न सकियोस् र यी दुई बीचको फरकबाट नाफा कमाउनु हो। सर्टिङ्गका केही बेफाइदाहरुः

  • लाभांश सबै धनीले पाउछ
  • शेयर धनीलाई फिर्ता गर्नुभएन र लेनदेन बन्द नगरेसम्म तपाईले स्टकहरुको कारोबारबाट प्राप्त आम्दानी चलाउन सक्नुहुन्न।
  • सर्ट गरिएको स्टकको मूल्य कभर गर्नका लागि तपाईले आफ्नो ब्रोकरेज खातामा पर्याप्त रकम कायम गर्नु आवश्यक छ।
  • कम्पनी खराब अवस्थामा छ भनेर तपाई विश्वास गर्नुहुन्छ तर लगानीकर्ताहरुले सोच्दैनन्

अध्याय २०ः ५० हजार फ्रेन्चमेन गलत हुनसक्छन्

बजारले प्रमुख समाचार र घटनाहरुमा असमान प्रतिक्रिया दिन्छ जसले तपाईलाई छुट मूल्यमा स्टकहरु खरिद गर्ने अवसर प्रदान गर्न सक्छ।

क्युवाली क्षेप्यास्त्र संकट र रुसी जहाजहरुको नौसैनिक नाकाबन्दीको समयमा–अमेरिकाले आणविक युद्धको तत्काल सम्भावनाको सामना गर्यो–त्यस दिन शेयर बजार ३ प्रतिशतभन्दा बढी घट्यो। सात महिनापछि, जब राष्ट्रपति केनेडीले यूएस स्टिललाई गाली गरे र उद्योगलाई मूल्य फिर्ता लिन बाध्य पारे, बजार ७ प्रतिशतभन्दा बढीले घट्यो।

लगभग हरेक दिन तपाईले केही नयाँ कुरा सुन्नुहुनेछ र तथाकथित गुरुहरुले तपाईलाई उनीहरुको राय र तर्कहरु किन्न मनाउन प्रयास गर्नेछन्। कोर्समा रहन कम्पनीमा केन्द्रित हुनुहोस्, किन खरिद गर्नुपर्छ थाहा पाउनुहोस्, तपाईको तर्क र निर्णयमा विश्वास गर्नुहोस् र तपाईको धैर्यलाई इनाम दिनुहोस्।

‘बजार, व्यक्तिगत स्टकहरु जस्तै, छोटो अवधिमा आधारभूतहरुको विपरित दिशामा जान सक्छ।’

comments powered by Disqus