सातामा नेप्से साढे २ प्रतिशत बढ्दा कुन उपसमूहको परिसूचक कति बढ्यो?

Jan 22, 2022 07:24 AM Merolagani



यस साता नेप्से परिसूचक साढे २ प्रतिशत बढेको छ। गत साता २८५७.७५ विन्दुमा बन्द भएको नेप्से, यस साता ७३.५९ अंक बढेर २९३१.३४ विन्दुमा बन्द भएको छ।

बजार खुलेका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन उकालो लागेसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो।

यस साता सेन्सेटिभ इण्डेक्स २.४३ प्रतिशत, फ्लोट इण्डेक्स २.७१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४७ प्रतिशत बढेको छ।

यस साता नेप्सेसँगै दैनिक औषत कारोबार रकम, शेयर संख्या र कारोबार संख्या पनि बढेको छ। यस साता दैनिक औषतमा ९४ हजार ७५४ पटकको कारोबारमा ७ अर्ब ५६ करोड रुपैयाँ बराबरको १ करोड ५३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेसँगै यस साता कुल बजार पूँजीकरण पनि साढे २ प्रतिशत बढेको छ। गत साता ४० खर्ब ३७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यस साता १ खर्ब ५ अर्ब रुपैयाँ बढेर ४१ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३.६१ प्रतिशत बढेको छ। गत साता १८४३.३८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६६.५८ अंक बढेर १९०९.९६ विन्दुमा पुगेको छ। अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५१५.२० अंक बढेको छ।

यस साता ३ उपसमूहको परिसूचक भने घटेका छन् जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.६२ प्रतिशत घटेको छ। गत साता ३१८८.७३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ५१.६४ अंक घटेर ३१३७.०९ विन्दुमा बन्द भएको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता नेपाल एसबिआई बैंक, एनआईबिएल समृद्धि फण्ड २, एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड), बैंक अफ काठमाण्डू र एनएमबि हाइब्रिड फण्ड एल १ मोस्ट पपुलर बाइ स्टकको सूचीमा शीर्ष स्थानमा रहेका छन्। त्यसैगरी, यस साता बोटलर्स नेपाल (तराई) सिभिल लघुवित्त लगायतका कम्पनीहरु मोस्ट पपुलर सेल स्टकको सूचीमा शीर्ष स्थानमा रहेका छन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।