८ उपसमूहको परिसूचक ओरालो लागेपछि करिब ११ अंक घट्यो नेप्से

Jan 23, 2022 03:31 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ११ अंक घटेको छ। कारोबारमा आएका १३ उपससमूहमध्ये ८ उपसमूहको परिसूचक ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो।

यस दिन नेप्से परिसूिचक १०.८३ अंक घटेर २९२०.५१ विन्दुमा झरेको छ। नेप्से ओरालो लागेपनि यस दिन सेन्सेटिभ इण्डेक्स ०.०६ अंक बढेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स १.२७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंक घटेको छ।

यस दिन २३२ कम्पनीको ८७ हजार ४७८ पटकको कारोबारमा ७ अर्ब ३ करोड ८ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। बढेकामध्ये यस दिन अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ।

यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७७ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन व्यापार, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावरको १९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने एनआईसी एशिया र शिखर इन्स्योरेन्सको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन दुई कम्पनीको शेयर सकारात्मक सकिर्ट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने ग्लोबल आइएमई बैंक, ज्योति लाइफ र सानिमा लाइफको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य भने यस दिन सो ६ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।